यस्ता छन् केहि टिप्सहरु
–त्यसपछि प्रत्येक शनिवार उक्त डायरीलाई रिभ्यू गरेर यो साता के के गरे, के गरिन भनेर आफ्ना कमीकमजोरीलाई औल्याउने ।
– विहान विहान जगिङ्ग तथा वर्कआउट गर्ने। यसले शरीर फिट रहनुका साथै एक अर्कासित बढी भन्दा बढी समय व्यतित गर्न सकिन्छ ।
– कसले पहिले तौल घटाउने भनेर एक अर्कालाई च्यालेञ्ज गर्ने । ।
– घरको काम मिलीजुली गर्ने । यसले एक्सरसाइज हुनुका साथै सम्बन्ध प्रगाढ बन्छ ।
– विवाहको छ महिना पछि नै ५(७ केजी वजन बढेमा त्यसलाई विस्तारै कम गर्ने कोशिश गर्ने ।
– पार्टनरलाई तौल घटनाउन उत्प्रेरित गर्नका लागि स्लिम देखिने लुगा किन्न प्रोत्साहित गर्ने ।
– व्लड प्रशर, सुगर लगायतका नियमित स्वास्थ्य परीक्षण गर्ने ।
– बच्चा हुँदैमा आफूलाई महत्वहीन नसम्झने ।
प्राय जोडी बच्चा जन्मिसकेपछि आफूलाई महत्वहिन सम्झने गर्छन् । र, उदास हुने गर्छ । जबकी बच्चा जन्मे पनि प्रत्येक आमाबाबुले सन्तुलित आहार, स्वस्थ खानपान तथा नियमित एक्ससाइज गरेर आफूलाई फिट राख्न सक्दछन् । । र, आफू फिट रहेमा बच्चाहरुले पनि तपाईबाटै उत्पे्ररित भई आफूलाई फिट राख्ने गर्दछन् ।