यी २ दिन भुलेर पनि नचढाउनुहोस् तुलसीमा जल अनिस्ट हुन्छ !

    भगवान् विष्णुको रूपमा लिइन्छ तुलसीलाई । तुलसी हरेक हिन्दुहरुको घरमा, मन्दिरको नजिक मोठ नै बनाएर रोपेर विशेष पूजा अर्चना गर्ने गरिन्छ । एकाबिहानै नुहाएर, पूजा गरेर तुलसीमा जल चढाउँदा माता लक्ष्मी खुशी हुन्छिन् भन्ने विश्वास हिन्दु धर्ममा परापूर्व कालदेखि नै चलीआएको हो । तर जल कहिले र कसरी चढाउने भन्ने कुराहरुको पनि शास्त्रमा नियम छ । नियम संगत गरेका कामले पुयण् पाउने र नियम नमानेका काममा फल आउनु भन्दा पनि त्यसको बेफाइदा हुने गर्छ ।

    किन आइतबार हाल्नु हुन्न तुलसीमा पानी ? धार्मिक शास्त्रका अनुसार तुलसीमा आइतबार जल चढाउनु हुन्न । आइतबार तुलसीले भगवान विष्णुका लागि निराहार वब्रत बस्ने भएका कारण यस दिनमा तुलसीमा पानी हाल्दा उनको ध्यान भंग हुने भएका कारण भुलेर पनि पानी हाल्नु हुँदैन ।एकादशीमा पनि चढाउनु हुन्न तुलसीमा जल- हिन्दु धर्मशास्त्रका अनुसार हरेक महिना कृष्ण पक्ष र शुक्ल पक्षमा एकादशी तिथी पर्ने गर्छ । सबै एकादशी तिथी भगवान विष्णुका लागि अति प्रिय भएका कारण यस दिनम ापनि माता तुलसीले भगवान श्रीहरीका लागि निराहार ब्रत बस्ने भएकाले जल चढाउन हुन्न ।

    चल चढाएमा माता तुलसी रिसाउने र श्राप दिने धार्मिक विश्वास छ । जसका कारण मानिस गरिब बन्ने किवंदन्ती पनि छ ।तुलसी पुजा गर्नको लागि मात्र नभई विभिन्न रोग संग लड्ने क्षमता वृदि गरेको हुन्छ । तुलसी औषधीय गुण भएको बहुउपयोगी वनस्पति हो ।यो हरेक रोगका लागि उत्तिकै उपयोगी छ । हामिलाई लाग्छ तुलसीलाई मठमा पुजा गर्नको लागि मात्र रोप्ने गरेका छौ धार्मिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको रूपमा लिइने गरिएको छ । तर तुलसी पुजा गर्नको लागि मात्र नभई विभिन्न रोग संग लड्ने क्षमता वृदि गरेको हुन्छ ।

    तुलसी औषधीय गुण भएको बहुउपयोगी वनस्पति हो । यो हरेक रोगका लागि उत्तिकै उपयोगी छ ।तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रूपमा लने गरिन्छ । त्यसैले हरेक मानिसको घर घरमा यस्को बोट रोप्ने गरिन्छ । तुलसीलाई स्वास्थ्यका दृष्टिले एकदमै फाइदाजनक मानिन्छ ।जाडोयाममा तुलसीको पात नियमित सेवन गर्ने हो भने विभिन्न रोगबाट बच्न सकिन्छ ।यसले चिसोका कारण हुने कफ र छातीदुखाइ कम गर्छ । तुलसीलाई तातो पानीमा मिसाएर खाँदा टाउको दुखेको, चिसोको कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको आदि समस्याको राहत मिल्छ ।

    पेटको समस्या, श्वास गन्हाउने, यौनजन्य रोग, घाउ–खटिरा, बान्ता हुने, उच्च रक्तचापजस्ता रोगका लागि तुलसी एक अचुक औषधि हो ।यो सेवन गर्नाले बच्चाका लागिसमेत एकदम उपयोगी हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *