पीडामा छन् बालेन दम्पति: जन्मिएका दुई सन्तानमध्ये एकको निधन, अर्की छोरी आईसीयूमा, सविना पनि बिरामी !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीशोक परेको छ । एक साताअघि पुत्रीलाभ भएका उनका जन्मेका दुई छोरीमध्ये एकको निधन भएको छ ।

आईभीएफ प्रविधिमार्फत बालेन पत्नी सविना काफ्लेले दुई छोरीलाई जन्म दिएकी थिइन् । जसमध्ये एकको निधन भएको हो भने, अर्की छोरीलाई अस्पतालमा राखिएको छ । ललितपुरको मेडिसिटी अस्पतालले बालेनकि अर्की छोरीलाई एनआईसीयूमा उपचार भइरहेकोपुष्टी गरेको छ ।

‘बालेनजीको एक बच्चाको निधन भईसक्यो, एक छोरी अस्पतालमै छ । सबिनाजीकोचाहिं दुई दिनअघि डिस्चार्ज गरिसकिएको छ ।’ अस्पताल स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘हामीले भन्न मिल्ने यति हो, अरु कुरा उहाँहरुको व्यक्तिगत कुरा हो।’

अहिले बालेन र उनकी श्रीमती शोकमा छन् । एउटी छोरीको निधन भएको पीडा र अर्की छोरी बिरामी भएको पीडाले उनीहरु समस्यामा छन् । सविना काफ्लेको स्वास्थ्य पनि ठिक नरहेको अवस्था छ ।

यहि बेला सविना काफ्ले चढेको गाडीलाई ट्राफिक प्रहरीले रोकेपछि बालेनले आक्रोशपूर्ण स्ट्याटस लेखेका थिए । यहि विषयलाई लिएर बालेनको आलोचनासमेत भईरहेको छ । कतिपयले भने बिरामीलाई रोकेर अनावश्यक केरकार गरेको भन्दै प्रहरीको आलोचनासमेत गरिरहेका छन् । अर्थ सरोकारबाट साभार गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *