यसरी बच्न सकिन्छ गर्भावस्थामा उच्च रक्तचापबाट

    काठमाडौँ– ब्लड प्रेसरको कारण हर्टअट्याक्ट जस्ता समस्या बढ्दै गएको छ । हाम्रो दैनिकीबाट नै उच्च रक्तचापको समस्या आउने गर्छ । गर्भावस्थामा उच्च रक्तचापले धेरै समस्या उत्पन्न हुने गर्दछ । त्यसैले यसलाई नियन्त्रणमा लिनु एकदम आवश्यक छ । केही न्यूट्रेसनले गर्भावस्थामा उच्च रक्तचापलाई कन्ट्रोल गर्न सक्छौँ ।

    गर्भावस्थामा महिलाहरुको जीवनमा धेरै उतारचढाव आउने गर्छ । यस समयमा आउने उतारचढावले विभिन्न समस्या आउन सक्छ । जसमध्ये एक हो उच्च रक्तचाप । उच्च रक्तचापमा शरीरमा रगतको प्रेसर धेरै नै बढ्छ ।यस अवस्थामा पेटमा रहेको बच्चालाई पनि धेरै असर गर्छ । दुनियाँमा करिब १५ प्रतिशत महिलामा उच्च रक्तचापको समस्या हुने गर्छ । न्युट्रेसनको प्रयोगले गर्भावस्थामा हुने उच्च रक्तचापलाई केही मात्रामा कन्ट्रोल गर्न सकिन्छ ।
    आउनुहोस् यसबारे हामी तपाईलाई जानकारी दिन्छौँ ।

    क्याल्सियम
    शरीरमा क्याल्सियमको कमीले केही हर्मोनहरुको विकास हुन्छ । यसले पनि उच्च रक्तचापको विकास हुन्छ । यसले ब्लड प्रेसर बढ्छ । गर्भावस्थामा निरन्तर रुपमा चेकअप गर्नुपर्छ । नियमित चेकअप गर्दा चिकित्सकले न्युट्रेसनबारे जानकारी दिन्छन् । क्याल्सियमको लागि पनिर, दही र ड्राइ फ्रुडस्को प्रयोग गर्नुपर्छ ।

    ओमेगा– ३ फ्याटी एसिड
    धेरै अनुसन्धानले ओमेगा ३ फ्याटी एसिडको पर्याप्त मात्रामा उच्च रक्तचापको खतरालाई कम गर्न सक्छ । यसको लागि माछालाई खानामा प्रयोग गर्न सकिन्छ । यसको साथै ओखर, पालक र भटमासलाई सेवन गर्न सकिन्छ ।

    भिटामिन डी
    शरीरमा भिटामिन डीको कमीले ब्लड प्रेसर बढ्ने खतरा हुन्छ । स्वास्थ्यविद्का अनुसार गर्भवती महिलाको लागि दैनिक १० देखि २५ माइक्रोग्राम भिटामिन डी आवश्यक पर्छ ।

    सोडियम र पोटासिमय
    शरीरमा पोटासियमको मात्रामा बढी र सोडियमको मात्राको कमी भयो भने ब्लड प्रेसर हुने सम्भावना उच्च रहन्छ । त्यसैले गर्भावस्थामा नुनको सेवनको कम गर्नुपर्छ । साथै जंक फुड र प्रशोधित खानाबाट टाढा रहनुहोस् । किनकि यस्ता खानामा नुनको मात्रा धेरै हुन्छ । फलफूल, हरियो सागपातमा धेरै न्युट्रेसन हुने भएकाले यसको बढी सेवन गर्नुपर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *