काठमाडौं । आइसीसी टी-२० विश्व कप अघिका वार्म अप खेल आजदेखि शुरु हुदै छन् । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै छ । अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुदै छ । नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो । आइसीसीको टी-२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ । नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।
आज नेपाल र क्यानडा वार्म-अप खेल्दै !
Related Posts
तपाइको ग्रह अनुसार लगाउनुहोस यि रत्न जस्ले मिल्छ फल नै फल
काठमाडौँ– ज्योतिषशास्त्रमा रत्नको महत्व धेरै नै हुन्छ । साथै यसलाई...
साउनमा बेलपत्रसँग सम्बन्धित नियमहरूमा ध्यान राख्नुहोस्, तब मात्र पूजा सफल हुने विश्वास
भगवान शिवको प्रिय महिना अर्थात् साउनमा शिवलिंगमा बेलपत्र अर्पण गर्नु...