१५ जेठ, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको छ । अघिल्लो दिन १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । वैशाख ७ गते सुनको भाउ प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन १ हजार ८८० रुपैयाँ थियो ।
बढ्यो सुनको मूल्य
Related Posts
उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड
काठमाडौँ, १२ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...
मन्त्रालयहरुको त्रैमासिक समीक्षा- प्रभावकारीरुपमा परिणामूलक काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा...
राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिकभन्दा पनि मानसिक हिंसा बढी हुन्छ : ओनसरी घर्ती
काठमाडौँ, १२ मंसिर । नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तिमगरले...