काठमाडौँ, २५ कात्तिक । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।
आइतबार ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा नगर प्रहरीले डोजर चलाएको हो ।
महानगर प्रहरी प्रमुख हाछेथुले सहकारीले सरकारी बाटो मिचेर बिना नक्सा मापदण्डविपरीत गएर संरचना बनाएको बताउनुभयो । उहाँले सहकारीलाई ७ दिने सूचना निकालेर ध्यानाकर्षण गराउँदा पनि व्यवास्था नगरेको कारण आफूहरुले डोजर चलाएको उहाँको भनाए छ ।
उहाँले भन्नुभयो,‘यहाँ मापदण्ड विपरीत गएर संरचना बनाइएको थियो । यो मापदण्डविपरीत छ भनेर पहिले नै निर्णय भइसकेको थियो । सहकारीले जनताको बाटो बढी मिचेर संरचना बनाएको छ । जनताको बाटो जनताले नै प्रयोग गर्न पाउनुपर्छ भन्ने हो । यहाँ मुद्दा परेपछि संरचना भत्काँउन अदालतले ललितपुर महानगरपालिकालाई निर्देशन दिएसँगै ललितपुर महानगरको निर्देशनमा भत्काँउन सुरु गरेका हौँ । हामीले ७ दिनको समय पनि दिएका थियौँ ।’