घरेलु उपायबाट यसरी चम्काउनुहोस् २ दिनमै दाँत

    मान्छेको सुन्दरता दाँतको सुन्दरतासँग पनि जोडिएको हुन्छ। हामी अगाडि परेर कोहीसँग बोल्छौँ भने पहिले देखिने नै दाँत हो । गफ गर्दा या हाँस्दा दाँत राम्रो देखिएन भने राम्रो देखिँदैन । त्यसैले दाँत सफा या चम्किलो बनाउन आवश्यक हुन्छ।

    त्यसका लागि दैनिक टुथपेस्टले ब्रस गर्दैमा दाँत राम्रो हुन्छ भन्ने हुँदैन । अन्य सामान्य घरेलु चिजले पनि तपाईंको दाँत राम्रो बनाउन सहयोग गर्छ। आज हामीले २ दिनमै दाँत चम्काउने घरेलु उपायका बारेमा जानकारी दिदैछौँ । यी हुन् दाँत चम्काउने घरेलु उपाय:-

    कागती र नुन: सातामा दुई पटक नियमित कागतीमा नुन मिसाएर दाँतमा लगाएर एकछिन पानीले धुने गर्नाले दाँत सेतो हुनुका साथै दाँतमा किरा लाग्नबाट बचाउँछ । सुन्तला: नियमित रूपमा सुत्नु अगाडि सुन्तलालाई दाँतमा नियमित लगाउनाले दाँत स्वस्थ हुनुका साथै सेता देखिन्छन्। सुन्तलामा हुने भिटामिन सी र क्याल्सियमले दाँतमा हुने किटाणुबाट बचाई दाँत सफा राख्न सहयोग गर्छन् ।

    स्ट्रबेरी: स्ट्रबेरीलाई काटेर टुक्रा बनाई त्यसलाई दाँतमा दल्ने। दैनिक दुई पटक यसो गर्दा दाँतमा भएको पहेँलोपन हट्छ। यस्तै, स्ट्रबरीलाई आधा चम्चा बेकिङ पाउडरमा मिलाएर दाँतमा लगाउने र केही मिनेटसम्म त्यहीँ राख्ने अनि त्यसलाई पखाल्ने। त्यसपछि टुथपेस्टले सफा गर्ने गर्नाले पनि दाँत चम्किन्छ। स्ट्रबेरीमा भिटामिन सी हुन्छ, जसले दाँतलाई सेतो बनाउन सहयोग गर्छ ।

    तुलसीको पात: तुलसीको पातलाई घाममा सुकाई त्यसलाई पिसेर पाउडर बनाएर पाउडरलाई टुथपेस्टमा मिलाएर ब्रस तथा पत्तालाई सर्स्युंको तेलमा मिलाएर दाँत सफा गर्ने गर्नाले दाँत चम्किन्छ । दैनिक स्याउ सेवन: दैनिक स्याउ खानाले दाँतका लागि फाइदा हुन्छ। यसलाई राम्ररी चपाएर खाने गर्नाले स्याउमा हुने एसिड र फाइबरले दाँतलाई सफा तथा बलियो बनाउन सहयोग गर्छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *