नियमित मासुको सेवन गर्नेलाई ९ प्रकारका रोगहरूको जोखिम,

    बेलायतको अक्सफर्ड विश्वविद्यालयमा गरेको अनुसन्धानअनुसार नियमित रूपमा मासुको सेवनले नौ प्रकारका रोगहरूको जोखिम निम्त्याउँछ । दैनिक वा नियमित रूपमा मासु खाने मानिसमा मधुमेह, हृदय रोग, निमोनिया र अन्य धेरै गम्भीर रोगहरू हुनसक्ने जोखिम हुन्छ ।
    अध्ययनमा उल्लेख गरिएअनुसार कुखुरालगायत अन्य पक्षी वा प्रशोधन गरिएको मासु हप्तामा तीन दिन खाने मानिस नौ प्रकारका रोगहरूको शिकार हुन सक्छन् ।

    पाँच लाख मानिसमा करिब आठ वर्षसम्म गरिएको अध्ययनमा मासु नखाने मानिसको तुलनामा नियमित तीन दिनभन्दा धेरै मासुको सेवन गर्ने मानिसको स्वास्थ्यमा धेरै नकारात्मक प्रभाव परेको देखाएको थियो ।
    अक्सफोर्ड विश्वविद्यालयको नफफिल्ड जनसङ्ख्या स्वास्थ्य विभागका डाक्टर करेन पेपियरका अनुसार दैनिक ७० ग्राम रातो मासु वा प्रशोधन गरिएको मासु खाने व्यक्तिमा

    मधुमेह हुने खतरा ३० प्रतिशत बढी हुन्छ । यी व्यक्तिहरूमा मुटु रोग लाग्ने खतरा पनि १७ प्रतिशत बढी हुन्छ । त्यस्तै, ३० ग्राम कुखुराको मासुको सेवनले मधुमेहको जोखिम १४ प्रतिशत र ग्यास्ट्रोइसोफेगल रिफ्लेक्सको जोखिम १७ प्रतिशत बढ्ने हुन्छ ।

    रातो मासु वा प्रशोधन गरिएको मासुमा अधिक सन्तृप्त फ्याट्टी एसिड हुन्छन्, जसले शरीरमा कम घनत्वको लिपोप्रोटिनको मात्रा बढाउँछ । जसले शरीरमा खराब कोलेस्ट्रोलको

    मात्रालाई पनि बढाउँछ जसले धेरै गम्भीर हृदय रोगहरूको जोखिम बढाउँछ । हप्तामा तीन दिनभन्दा धेरै मासुको सेवनले मधुमेह, हृदय रोग, निमोनिया सहित ग्यास्ट्रिक,

    गल ब्लाडरसम्बन्धी रोग, कोलोन पोलिप, ग्यास्ट्रोइसोफेगल रिफ्लेक्स, डायवर्टिकुलर रोग, र ड्युडेनिटटिस लगायतका रोगको जोखिम उच्च हुन्छ ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि अत्यधिक

    मासु खाने मानिसको स्वास्थ्य जोखिममा हुने दावी गरेको थियो । यसभन्दा अघि भएका धेरैजसो अनुसन्धानहरूले स्पष्ट रूपमा रातो मासु वा प्रशोधन गरिएको मांसुको अत्यधिक सेवनले आन्द्राको क्यान्सरको जोखिम बढाउने पत्ता लगाएको छ । एजेन्सीको सहयोगमा

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *