के हो लो ब्लड प्रेसर ? किन खतरनाक छ ?

    अक्सर मानिसले लो ब्लड प्रेसरलाई त्यती गंभिरतापूर्वक लिदैनन्, जति हाइ ब्लड प्रेशरलाई लिने गर्छन् । यद्यपी लो ब्लड प्रेशरलाई पनि नजरअनदाज गर्नु खतरा साबित हुनसक्छ । त्यसैले समयमै यसबाट बच्ने उपाय खोजिहाल्नुपर्छ ।

    के हो ब्लड प्रेसर ?

    सामन्य रक्तचाप १२०/८० हुनुपर्छ । तर, यदि तपाईको ब्लड प्रेसर ९०/६० वा त्यो भन्दा कम छ भने, तपाईलाई लो ब्लड प्रेसरको समस्या छ ।

    किन हुन्छ ?

    प्रेग्नेन्सी- प्रेग्नेन्सीको क्रममा कति महिलाको सर्कुलेटरी सिस्टम तिब्र रुपले बढ्छ, जसले ब्लड प्रेसर लो हुन्छ । तर, प्रग्नेन्सीको बेला यो सामन्य हो । बच्चा जन्मिएपछि रक्तचाप सामन्य अवस्थामा आउँछ । यदि कुनै महिलाको रक्तचाप नियमित न्युन भयो भने चाँहि परीक्षण गराउनु पर्छ ।

    मुटुको समस्या- मुटुको भल्भमा समस्या, हृदयघात वा हृदयसम्बन्धी रोगले पनि रक्तचाप कम हुनसक्छ ।

    इन्डोक्राइन समस्या- थाइराइड, रक्तअल्पता, लो ब्लड सुगर र कहिले कहिं मधुमेहले गर्दा पनि रक्तचाप न्युन हुनसक्छ ।

    डिहाइड्रेसन- शरीरमा पानीको मात्रा अपुग हुँदा न्युन रक्तचापको समस्या देखापर्न सक्छ ।

    रक्तश्राव- चोटपटकको कारण रक्तश्राव भएर अचानक शरीरमा रगतको कमी भयो भने पनि रक्तचाप न्युन हुन्छ ।

    पोषणको कमी- शरीरमा भिटामिन बि-१२ र आइरनको कमीले एनीमिया हुन्छ । यसले गर्दा शरीरमा पर्याप्त मात्रामा रेड ब्लड सेल बन्दैन र ब्लड प्रेशर लो हुन्छ ।

    औषधी- उच्च रक्तचाप, मुटुरोग, पार्किसन्स, डिप्रेसनको औषधी सेवन धेरै लिनाले पनि रक्तचाप न्युन हुनसक्छ ।

    यसका साथै चक्कर आउँदा, डेँगु मलेरिया, कुनै डरलाग्दो दृश्य देख्दा रत्तचाप न्युन हुनसक्छ ।

    लक्षण

    – थकान लाग्छ

    – कमजोरी महसुष हुन्छ

    – चक्कर आउँछ

    – दृष्टि धमिलो हुन्छ

    – छालामा पहेंलोपन देखिन्छ

    – शरीर चिसो हुन्छ

    – धेरै तिर्खा लाग्छ

    – छिटो छिटो सास बढ्छ

    किन खतरनाक छ ?

    यदि तपाईको न्युन रक्तचाप छ भने त्यसको समयमा उपचार गर्नुपर्छ । अन्याथा यसले खतरा रोगलाई निम्त्याउँछ ।

    – यसले तपाईको स्नायु प्रणाली वा मस्तिष्कमा असर गर्न सक्छ ।

    – गर्भावस्थामा रक्तचाप नियन्त्रण गरिएन भने गर्भको बच्चाको मृत्यु हुन सक्छ ।

    – मनोभ्रम, ब्रेन डिसअर्डर, मृगौला रोग आदि लाग्न सक्छ ।

    – चक्कर आएर जहाँपनि ढल्न सक्छ

    – रक्त संक्रमणको संभावना हुन्छ ।

    के गर्ने ?

    – अक्सर चिकित्सकले नुन कम खाने सल्लाह दिन्छन् । तर, न्युन रक्तचापमा सोडियमको मात्रा केहि धेरै हुनुपर्छ ।

    – यदि नुन सेवन मन पर्दैन भने सोया सस सेवन गर्न सकिन्छ ।

    – भरपुर पानी पिउनुपर्छ ।

    – जब कसैलाई अचानक रक्तचाप न्युन हुन्छ, प्राथमिक उपचार थालिहाल्नुपर्छ । पींठको बलले बस्न लगाएर खुट्टाको तल सिरानी राख्नुपर्छ । यसले मस्तिष्कमा रक्तप्रवाह बढाइदिन्छ ।

    – मदिराजन्य पदार्थबाट टाढै रहनुपर्छ ।

    – धेरै समयसम्म उभिएर नबसौ ।

    – धेरै लामो समय बसेर अचानक उठ्नु पनि हुँदैन ।

    – कसरत, योगा, स्विमिङ, साइक्लिङ आदिले रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

    – खानामा कार्बोहाइड्रेडयुक्त पदार्थ जस्तो कि आलु, चाम, ब्रेड, पास्ताको मात्रा कम गर्ने ।

    यसरी सुरक्षित रहने

    – धेरै भन्दा धेरै पानी पिउने, यसले डिहाइड्रेसन हुँदैन ।

    – धेरै तातो पानीले नुहाउन हुँदैन, यसले शरीरमा तापमान बढ्छ ।

    – पर्याप्त निन्दा लिनुपर्छ ।

    – नियमित र थोरै समयको अन्तरालमा थोरै थोरै खाना खाने ।

    – यदि डिप्रेसनको औषधी सेवन गरिरहेका छ भने उठ्नसाथ चक्कर आउनसक्छ । यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

    – शारीरिक काम गरेर धेरै पसिना आएको छ भने कागती पानी सेवन गर्नुपर्छ ।

    – चिन्ताबाट टाढै रहनुपर्छ ।

    घरेलु बिधी

    -१०-१५ वटा किसमिसलाई रातभर पानीमा भिजाउने, बिहान एक एक किसमिश चपाएर खाने र पानी पिउने ।

    – ७ वटा बदाम रातभर भिजाउने । त्यसलाई पिसेर दुधसँग सेवन गर्ने ।

    – १० वटा तुलसीको पात पिसेर रस निकाल्ने । त्यसमा १ चिया चम्चा मह मिलाएर बिहान खाली पेटमा पिउने ।

    – हरेक दिन ब्ल्याक टि पिउने यसले रक्तचाप बढाउन सहयोग गर्छ ।

    – नुन र शख्खरको घोलले पनि लाभ गर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *