काठमाडौँ, २५ कात्तिक । काठमाडौँ जिल्ला अदालतले कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
मानव तस्करीमा मुछिएको आरोपमा आइतबार विराटनगरबाट पक्राउ परेका अधिकारीलाई अदालतले आइतबार दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
विवाद बाहिर आएपछि अधिकारीले मन्त्रीबाट राजीनामा दिएका थिए ।