संघीयता कार्यान्वयन गर्न नसकेकोमा हामीले माफी माग्नुपर्छ : जनार्दन शर्मा

संघीयता कार्यान्वयन गर्न नसकेकोमा हामीले माफी माग्नुपर्छ : जनार्दन शर्मा

काठमाडौँ, ४ मंसिर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राजनीतिक दलहरुको कमजोरीको कारण संघीयता कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सबैको अगाडि माफी माग्नुपर्ने भन्दै संलग्न राजनीतिक दलहरुको कमजोरीको कारण संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा हुनपर्ने काम नभएको बताउनुभयो ।

उनले भने, ‘मैले तपाईहरुको अगाडि माफि माग्नुपर्छ, म र म जस्तै संलग्न राजनीतिक दलहरुको कमजोरीको कारण अहिले पनि संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा काम भइरहेको छैन । स्थानीयका अधिकारहरुलाई कार्यान्वयन गर्नका लागि आवश्यक कानुन वा प्रदेशका लागि आवश्यक कानुन बन्दा पनि हस्तान्तरण भएका छैनन् । प्रदेश प्रहरीको व्यवस्था गरेका छौँ तर जो प्रधानमन्त्री भएपनि त्यस्तो अधिकार दिँदैन आफैँसँग राख्न चाहन्छ ।’

यस्तै, उहाँले संघीयताप्रति ध्यान नगएको भन्दै नेपालमा अरु सबै परिवर्तन तीव्र रुपमा हुने तर संघीयता कार्यान्वयन नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संघीयताप्रति अलिकति ध्यान नगएको हो कि जस्तो लागिरहेको छ । धेरै ऐनहरु बनेको छैन । संघीयतालाई कार्यान्वयन गर्न महत्त्वपूर्ण ऐन नबन्दा पूर्णता प्राप्त गरेको छैन । नेपालमा अरु सबै परिवर्तन तीव्र रुपमा हुन्छ तर यसको कार्यान्वयन हुन सकेको छैन ।’

यसको साथै, सामाजिक विभेदहरुका विरुद्ध लड्नुपर्ने आवश्यकता महसुस भएर जनयुद्धको सुरुवात भएको पनि उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *