राज्यले खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्छ : मन्त्री महर्जन

राज्यले खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्छ : मन्त्री महर्जन

हेटौँडा, ८ मंसिर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

हेटौँडा–३ मा आयोजित प्रथम मकवानपुर जिल्ला स्तरीय कराते प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री महर्जनले व्यक्तिको स्वास्थ्य तथा सामाजिक र आर्थिक विकासमा खेलकुद क्षेत्रको महत्त्व रहेको भन्दै राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

युवाहरूको प्रतिभाको पहिचान र सिर्जनात्मकताको विकास, पर्यटन, रोजगारमार्फत् आर्थिक विकासमात्रै नभइ राष्ट्रको अन्तर्राष्ट्रिय पहिचानमा समेत खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै राज्यले स्थानीय र राष्ट्रिय स्तरमा खेलकुदका कार्यक्रमहरूलाई प्रोत्साहित गर्नुपर्ने उहाँले बताउनुभयो ।

मन्त्री महर्जनले बागमती प्रदेशलाई खेलकुदमय बनाउने प्रतिवद्धता व्यक्त गर्दै त्यसका लागि आवश्यक आधारभूत संरचनाहरूको विकास गर्ने, प्रशिक्षण केन्द्र, र खेलकुद सामग्री उपलब्ध गराउने, प्रशिक्षण र तालिम कार्यक्रमलाई तीव्र पार्नुको साथै खेलाडीहरुलाई प्रोत्साहन दिन विशेष अनुदान र पुरस्कारको व्यवस्था गर्ने बताउनुभयो ।

त्यस्तै, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले खेलकुद क्षेत्रको विकासका लागि योजनावद्ध कार्यक्रम अघि सारिएको भन्दै आगामी दिनमा त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताउनुभयो ।

लेवट डोजो÷इन्टरनेसनल बादो फेडेरेसन नेपाल र नेपाल कराते महासंघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा जिल्लाभरका करिब २ सय जना महिला तथा पुरुष खेलाडीहरुले सहभागी थिए । कार्यक्रममा विजेता खेलाडीहरुलाई शिल्ड मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *