काठमाडौँ, ११ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (युएई)मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट टिमलाई मंगलबार बिदाई गरेको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरेर क्यानले खेलाडीहरुलाई बिदाई गरेको हो ।
मंसिरर १४ देखि युएईमा हुने एसिसी यु–१९ एसिया कपमा भाग जाने हेमन्त धामीको कप्तानीमा आइतबार मात्र १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।
धामीको कप्तानीमा टोलीको उपकप्तानमा अर्जुन कुमाल र खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार रहेका छन् ।