आधुनिक न्याय प्रणालीका लागि एडिआरको भूमिका महत्त्वपूर्ण : न्यायधीश रेग्मी

काठमाडौँ, २८ मंसिर । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले एडिआर (वैकल्पिक विवाद समाधान)ले न्यायसम्म पहुँच विस्तार र विवाद समाधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

बिहीबार नेपाल अन्तर्राष्ट्रिय एडिआर केन्द्रको आयोजनामा ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ को उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले आधुनिक न्याय प्रणालीका लागि एडिआरको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘विवाद समाधानको आधुनिकीकरणः न्यायमा पहुँच अभिवृद्धिका लागि एडिआरको भूमिका’ भन्ने नाराका बिहिबार बाट सुरु भएको ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ मा न्यायाधीश रेग्मीले ‘आधुनिक विवाद समाधानः न्यायसम्म पहुँच सुदृढ गर्न एडीआरको भूमिका’ भन्ने यस वर्षको विषयवस्तुले न्याय प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउनका लागि नवप्रवर्तन आवश्यक रहेको औंल्याएका छन् । एडिआरले लचिलो, सहज र सहकार्यपूर्ण तरिकाले विवाद समाधान गर्ने गतिशील विधिका रूपमा कार्य गर्दछ । यसले आर्थिक र भावनात्मक भारलाई कम गर्दै सामाजिक सद्भाव र मेलमिलापमा योगदान पुर्‍याउँछ ।’

न्यायाधीश रेग्मीले नेपालमा एडिआरको ऐतिहासिक विकासबारे प्रकाश पार्दै भन्नुभयो, ‘पञ्चायती प्रथादेखि नै समुदायमा मेलमिलाप र सहमतिको माध्यमबाट विवाद समाधान गरिँदै आएको परम्परा अहिलेको एडिआर प्रणालीको आधारशीला हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *