उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्छौँ : मन्त्री यादव

काठमाडौँ, २ पुस । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने योजना बनाएर अगाडि बढेको बताउनुभएको छ ।

मंगलबार निरिक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि ठाउँ–ठाउँमा अवलोकन गरिराखेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘उपत्यकामा खानेपानीको अभाव हुन नदिनका लागि हामीले ठाउँ–ठाउँमा अवलोकन गरिराखेको छौँ । अहिले नयाँ टेक्नोलोजीको प्रावधानको विषयमा पनि हामीले अनुगमन गरिराखेको छौँ । आउने दिनमा उपत्यकामा कुनै पनि किसिमको खानेपानीको समस्या नहोस् भनेर दीर्घकालीन रुपमा योजना बनाएर अगाडि बढेका छौँ ।’

उहाँले १२ महिना नै पानी उपलब्ध गराउन नयाँ उपाएको योजना सुन्दरीजलमा थपिरहेको भन्दै निर्माण पश्चात काठमाडौँमा २४ घण्टा नै पानी आउने सपना पूरा हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले २४औँ घण्टा १२ महिना नै पानी दिन नयाँ ट्रिटमेन्ट योजना हामीले सुन्दरीजलमा थपिरहेको छौँ । त्यो निर्माण भएसकेपछि काठमाडौँमा २४ घण्टा नै पानी आउने सपना पूरा हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *