नेप्से परिसूचक ५.६० अंकले घट्यो

नेप्से परिसूचक ५.६० अंकले घट्यो

काठमाडौँ, ३ पुस । नेप्से परिसूचक बुधबार ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा बन्द भएको छ । बुधबार कुल चार अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर खरिद/बिक्री भएको छ । बुधबार ८१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ ।

१४९ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यी कम्पनीहरूको सेयर मूल्य प्रतिकित्ता तीन हजार रुपैयाँभन्दा माथि पुगेको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपारको सेयर मूल्य ९.९० प्रतिशतले घटेर दुई हजार ६७६ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *