राज संस्थालाई पाखा लगाएदेखि देश संकटमा छ : कमल थापा

काठमाडौँ, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राज संस्थाको औचित्य र महत्त्वलाई गलत भाष्य तयार गरेर बदनाम गर्न खोजिएको आरोप लगाउनुभएको छ ।

राप्रपा नेपालले आयोजना गरेको श्री ५ वीरेन्द्र बहुआयामिक व्यक्तित्व विचार गोष्ठी कार्यक्रममा बोल्नुहुँदै उहाँले षडयन्त्रपूर्वक गलत भाष्य तयार गरेर नेपालमा राज संस्थालाई पाखा लगाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा राजसंस्थाको औचित्य र महत्त्वलाई गलत भाष्य तयार गरेर बदनाम गर्न खोजिएको छ । षडयन्त्रपूर्वक गलत भाष्य तयार गरेर नेपालमा राजसंस्थालाई पाखा लगाइयो । बाह्य शक्तिको चलखेल र प्रभाव तीव्र रुपले बढेर गएको छ ।’

साथै उहाँले राजसंस्थालाई पाखा लगाएदेखि देश संकटै संकटमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले देशले आर्थिक संकट, बेरोजगारी र भ्रष्टाचारमा देश डुबिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *