काठमाडौँ, २७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले नेपालमा युवाहरुको सबैभन्दा ठुलो समस्या भनेको जागिर रहेको बताउनुभएको छ ।
शनिबार युवा स्पिक फोरम कार्यक्रममा बोल्नुहुँदै उहाँले देशका युवाहरु बढी बेरोजगारीको सामाना गर्नुपरेको अवस्था रहको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले नेपालमा युवाहरुको सबैभन्दा ठुलो समस्या रोजगारी अर्थात जागिर नपाउनु हो । विदेश जानुभएका युवाहरु सबै रोजगारीकै लागि गएको देखिन्छ । नेपालमा सम्भावनाहरु छन् तर त्यसको प्रतिस्पर्धा हुन सकिरहेको छैन ।’
यसैगरी उहाँले सरकारले युवाहरुका लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले रोजगारीकै कारण लाखौँ संख्यामा युवाहरु विदेशिनु परेको बताउनुभयो ।