चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडापालक किसान भेडासहित बेंसी झर्न थालेका छन् । जिल्लाको साईपाल, तल्कोट, मष्टा गाउँपालिकालगायतका भेडापालक चरनका लागि वर्षायाममा लेंकतिर जाने र हिउँद लागेपछि बेंसी झर्ने गर्छन् ।
भेडा पालकको हैरानी वास्तवमै टिठलाग्दो छ । भेंडा लिएर खर्कमै रात बिताउने क्रममा भेंडापालकले पटकपटक भेंडा गुमाएका छन् । साइपाल हिमालदेखि डोटीसम्मको यात्राका क्रममा आपूmहरू धेरै ठाउँमा लुटिने, कुटिने र ठगिने गरेको भेडा व्यावसायी साइपाल गाउँपालिका–१ का कालु धामीले बताए ।
सामुदायिक वनमा भेंडा चराएबापत शुल्क तिर्नुपर्ने झन्झटिलो नियमले किसानलाई निराश बनाएको छ । धामी भन्छन् ‘एक जनालाई पैसा दिएर पठायो केही दिनपछि अर्को गाउँका मान्छे यो सामुदायिक वन त हाम्रोमा प¥यो भन्दै पैसा माग्न आउँछन् पैसा नदिए भेडा नै खोसेर लैजान्छन । धामीको भनाइअनुसार एउटै वनमा ८÷१० दिन भेडा चराएबापत पटकपटक गरी १५÷२० हजारसम्म तिर्नुपर्छ ।
कतिपय ठाउँ यस्तो छ । जंगलमा चराउन छोडेका भेडा चोरेर खाइदिन्छन । बझाङदेखि डोटी लैजाँदा र ल्याउदा बर्षमा कम्तीमा पनि १५÷२० भेडा च्यांग्रा चोरकै लागि छुट्याउनुपर्ने बाध्यता रहेको भेडापालकको गुनासो छ ।
भेंडी चरन क्षेत्रका हिमपात सुरु भएपछि भेंडीगोठ बेंसीतर्फ झर्नुपरेको साइपाल गाउँपालिका १ का भेंडापालक जयबहादुर बोहराको भनाइ छ । ‘हिउँदको समयमा चरन क्षेत्रमा हिमपात हुने हुँदा, भेडाबाख्रालाई आहारको समस्या हुने गर्छ,’ बोहरा भन्छन् ‘भेडापालक किसान वर्षातमा ३ हजार मिटरदेखि ४ हजार मिटरको उचाइमा भेंडीगोठ राख्ने गर्छन् । बर्खाको बेला उच्च लेकाली भेगका पाटनमा भेंडा चराउन लैजान्छन् ।’ राजधानी दैनिकमा खबर छ ।
कात्तिकदेखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले बेंसीतिर झर्ने गरेको साइपाल गाउँपालिका–१ का स्थानीय मिलन धामीको भनाइ छ ।