पिरो खाएर खोक्दा ४ वटा करङ भाचिएपछि…

    एक महिलालाई पिरो तथा मसालेदार खाना खाँदा खोकी सुरु भयो । उनको खोकी यति चर्को थियो कि करङका चारवटा हड्डी नै भाँचिए । छाति दुखेर केही दिनपछि डाक्टरकोमा चेकजाँच गराउन जाँदा मात्रै उनले आफ्नो करङ भाँचिएको थाहा पाइन् ।

    चीनको सांघाइमा बस्ने एक महिलामाथि यस्तो बज्रपात भएको हो । साउथ चाइना मर्निङ पोस्टका अनुसार उनको नाम हुआंग हो । हालै एकदिन पिरो खानेकुरा खाने क्रममा उनलाई खोकी सुरु भयो । निकैबेर सम्म जोडसँग खोक्दा उनको छातिमा दबाब पर्‍यो र उनले आफ्नो छातिबाट तीव्र कर्कश आवाज सुनिन् । केही दिनपछि त उनलाई स्वास फेर्न र बोल्न नै अप्ठेरो हुन लाग्यो ।

    छातीको दुखाई तीव्र बनेसँगै उनी चेकजाँचका लागि अस्पताल पुगिन्। त्यहाँ सिटी स्क्यान गर्दा उनको छातीका चार वटा करङ भाँचिएको डाक्टरहरुले पत्ता लगाए । डाक्टरहरूले एक महिनासम्म उनको कम्मर र छातीमा पट्टी बाँध्न लगाएका छन् । Unhealthy Low Body Weight का कारण करङ भाँच्चिएको डाक्टरहरुले बताएका छन् ।

    हुआंगको शरीर आवश्यकताभन्दा दुब्लो रहेका कारण करङका हड्डी बाहिरबाटै देखिन्छन् । उनको उचाइ पाँच फिट ६ इन्च र वजन ५७ किलो छ । त्यसैले जोडसँग खोकी लाग्दा उनका करङ नै क्षतिग्रस्त भए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *