खोकी लाग्दा भुलेर पनि नखानुहोस् यी ९ चिज, नत्र निम्त्याउँछ संक्रमण !

    मनसूनमा ब्याक्टेरियल इन्फेक्सनका कारण मानिसहरुमा खोकी र ज्वरोको समस्या देखिएको छ । यो मौसममा औषधी खाँदा ज्वरो त कम हुन्छ तर खोकी भने चाँडो निको हुँदैन । डाक्टरका अनुसार खानपिनका यस्तो केही कुराले खोकी र छातीको खकारको समस्या थप बढ्न सक्छ ।

    दुधः

    विशेषज्ञका अनुसार खोकी लाग्दा दुधबाट टाढै बस्नुपर्छ । दुध पिउँदा छातीमा कफको समस्या थप बढ्ने गर्छ जसका कारण खोकीको समस्या बढ्नेछ । यस्तोमा तपाईंले कुनै पनि दुग्धजन्य पदार्थबाट टाढा नै बस्नुपर्छ ।

    भातः

    डाक्टरका अनुसार भात चिसो प्रकृतिको हुन्छ र यसमा खकार बन्ने गुण पाइन्छ । यस्तोमा यसले रुघा– खोकीको समस्यालाई थप बढाउन सक्छ । यसै कारण रुघा–खोकी लाग्दा वा घाँटीको संक्रमण हुँदा डाक्टरले भात, दही, मसालेदार भोजन, केरा आदि नखान सल्लाह दिन्छन् ।

    चिनीः

    खोकी लाग्दा चिनी पनि खानुहुँदैन । यसले छातीमा इन्फ्लेमेशनको समस्यालाई बढाउने काम गर्छ । यति मात्रै होइन, चिनीले हाम्रो प्रतिरोधी क्षमतालाई कमजोर गरेर रुघा–खोकीको समस्या बढाउन सक्छ ।

    कफीः

    यदि तपाईंलाई खोकी लागिरहेको छ भने क्याफिन युक्त पेय पदार्थको सेवन गर्नबाट बच्नुहोस् । क्याफिनले घाँटीको मांसपेशीलाई डिहाइड्रेट गर्ने काम गर्छ जसका कारण खोकीको समस्या थप बढ्न सक्छ ।

    मद्यपानः

    चिनीजस्तै रक्सीजन्य पदार्थले पनि छातीमा इन्फ्लेमेशनको समस्या बढाउने काम गर्छ । यो हाम्रो सेतो रक्त कोसिकाका लागि पनि खतरनाक छ जसले शरीरको घाउ भर्ने प्रक्रियालाई सुस्त बनाउँछ ।

    तारेका खानेकुराः

    मनसूनमा मानिसहरुलाई चियासँग पकौडा, फ्रेन्च फ्राइज खान मनपर्छ । तर ब्याक्टेरियल इन्फेक्सनका कारण खोकी लागिरहेको छ भने बिर्सेर पनि तारेका खानेकुरा नखानुहोस् । चिल्लो, भुटेका, तारेका खानाले तपाईंको घाँटीमा क्षती पुर्याउँछ र खोकीको लक्षणलाई गम्भीर बनाउनेछ ।

    प्रोसेस्ड फूडः

    वर्षायाममा खोकीको समस्या हुँदा प्रोसेस्ड फूडबाट पनि टाढै बस्नुहोस् । तपाईंले बजारमा पाइने डिब्बामा बन्द गरिएका खानेकुरा, क्यान सूप वा केचअपजस्ता खानेकुरा पनि टाढै बस्नुपर्छ ।

    चिसा खानेकुराः

    यो मौसममा यदि तपाईंलाई खोकीले सताइरहेको छ भने चिसो खानेकुराबाट बच्नुहोस् । तपाईंले आइसक्रिम वा चिसो पानी वा जूस बिर्सेर पनि खानुहुँदैन । चिसा खानेकुराले तपाईंको खोकीलाई थप बढाउने गर्छ ।

    यस्ता खानेकुरा खाँदा पाइन्छ राहतः

    ब्याक्टेरियल इन्फेक्सन हुँदा दालचिनी, काँचो लसुन वा ल्वाङजस्ता चिजको सेवनले घाँटीलाई राहत दिन सक्छ । औषधीय गुणले भरपुर यी खानेकुराले खोकी लाग्दा निकै हदसम्म आराम दिनसक्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *