यस्तो कुखुरा जुन घाँटी काटेपछि पनि डेढ वर्ष बाँच्यो

    विश्वमा केही घटनाहरु यस्ता हुन्छन्, जुन पत्याउन निकै गाह्रो हुन्छ । त्यस्तै एक घटना अमेरिकाको मिसिगनमा रहेको भेन भन्ने स्थानमा घटेको छ ।

    अमेरिकाको यो क्षेत्रमा मानिसहरु कुखुराको मासु खान निकै मन पराउँछन्, यसै सिलसिलामा एक कुखुरा मालिकले पनि आफ्नो कुखुरा काट्ने सोच बनाए । उनले धारिलो हतियारले कुखुराको टाउको काटे तर टाउको काटेपछि पनि कुखुरा जीउँदो नै रह्यो ।

    त्यसपछि मालिकले यो कुखुरालाई राम्रोसँग हेर्दा गलत तरिकाबाट टाउको काटिएको पाए । कुखुराको टाउको काटेपछि पनि दिमागमा जाने एक नसा र खानेपिउने अर्को नसा भने काटिएको थिएन ।

    यो घटना भएपछि मालिकले बचेको नसाबाट कुखुरालाई दूध र पानी खुवाउन थाले र यसको परीक्षणको लागि उथाह विश्वविद्यालयमा लगियो ।

    यो कुखुरा उक्त अवस्थामा १८ महिनासम्म जिउँदो रह्यो । यो कुखुराले मालिकलाई चर्चित मात्र बनाएन, उनले मासिक ४५ सय सम्मको आम्दानी पनि गर्न थालेका थिए ।
    एजेन्सीको सहयोगमा

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *