पेट दुख्नदेखि दमभएका बिरामीका लागि अचुक औषधि…

    काफल एक लोकप्रिय पहाडी फल हो । यो गर्मी याममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ ।

    यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ ।

    यो स्वादमा मात्र नभई स्वास्थमा पनि उतिकै फाइदा जनक मानिन्छ ।

    यो फल पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ । पहाड तिरका मानिसहरू गर्मी याममा काफलको रूखमा चढेर काफल खानमा तल्लिन रहन्छन् । काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।

    यसको सेवन गर्दा हुन्छन कयौ नसोचेका फाइदा काफलको बोक्राको काढा तिलको तेलमा पकाई तेल मात्र रहेपछी चीसो पारेर दुई तीन थोपा तेल कानमा चुहाए कर्णशुल र पीप बग्ने तथा बहिरो हुन खोजेको पनि निको हुन्छ ।काफलको धूलो पारेर त्यसको नश लिए शिरको पिडा निको हुन्छ ।

    काफलका बोक्राको काढा पाँच ग्राम चीनी वा मिश्री मिलाएर पिउनाले खोकी, दम, हृदय रोग, अपच र अरूचीमा पनि लाभ गर्दछ ।काफलको बोक्रा चार ग्राम मिश्रीको काढासित चार दिन सेवन गरे जुनसुकै कारणले पेट दुखेको वा शुल भएको भए पनि आराम हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *