घडीको आविष्कार हुनुअघि कसरी हेरिन्थ्यो समय ?

    कति बज्यो होला ? भन्ने जिज्ञासा शान्त पार्नका लागि हामीले नाडीको घडी हेर्छौं मोबाइलको स्क्रिनमा देखिने समय ।

    घडीले मानिसको दैनिकीलाई व्यवस्थित बनाएको हुन्छ । तर यहीँ घडीको आविष्कार हुनुभन्दा अगाडि मानिसहरुले कसरी समयको अनुमान गर्दथे होला ?

    वस्तवमा घडी आविष्कार हुनु भन्दा अगाडि मानिसहरुले सूर्यलाई हेरेर समयको अनुमान गर्दथे । तर जब आकाशमा बादल छाउँथ्यो मानिसहरुलाई समय पत्ता लगाउन सकस पर्दथ्यो ।

    वस्तवमा आकाशमा बादल लागेका कारण समय पत्ता लगाउन समस्या परेको कारणले गर्दा नै घडीको अवधारणाको जन्म भएको हो ।

    समय पत्ता लगाउन सबैभन्दा पहिले जलघडीको प्रयोग गरिएको थियो । पोप सिल्भेस्टरले सन् ९६६ मा घडीको आविष्कार गरे र समय पत्ता लगाउने कुरालाई सजिलो बनाइदिए ।

    बेलायतमा घण्टाघरमा पनि घडी लगाइएको थियो । तर त्यतिबेला पनि विभिन्न ठाउँमा समय हेर्नका लागि फरक फक तरिका अपनाइएको हुन्थ्यो । त्यस बेलाको घडीमा मिनेट सुई थिएन ।

    जर्मनीका पिटर हेलिनले आधुनिक स्प्रिंग घडीको आविष्कार गरे । तर समयको सानो अंश गणनाका लागि मानिसले अझै समस्या भोग्नुपरेको थियो । अन्ततः सन् १५७७ मा स्विजरल्याण्डका जोस्ट बुर्गीले घडीमा मिनेट सुइ थप गरे ।

    नाडीमा लगाउने घडीको आविष्कार चाहीँ फ्रान्सेली वैज्ञानिकल ब्लेज पास्कलले गरेका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *