भारतमा एक गर्भवती बाख्रालाई मानिसहरुले सामूहिक बलात्कार गरेको समाचार अन्तर्राष्ट्रिय रुपमा चर्चामा आयो ।भारतकाे हरियाणा मेवात इलाकामा २५ जुलाईमा गर्भवती बाख्राको सामूहिक बलात्कार भयाे बलात्कार पछि भोलिपल्ट बाख्राको मृत्यु भएको खबरले भारतमा हंगामा नै मच्चाइिदयाे ।
मेवात प्रहरी प्रवक्ता जितेन्द्र कुमारका अनुसार यो घटनाका आरोपीहरुविरुद्ध मुद्दा दर्ता गरिएको छ । तर प्रहरीले कसैलाई पक्रिएको छैन । प्रहरी प्रवक्ता जितेन्द्र कुमारले घटनाको अनुसन्धान भइरहेको बताए ।
जनावरसँग सेक्स ! जनावरसँग ‘सेक्स’ गर्नुलाई अंग्रेजीमा बेस्टिएलिटी भनिन्छ । यसको अर्को एक अर्थ पनि छ ‘अति क्रूर व्यवहार’ । अक्सफोर्ड डिक्सनरीका अनुसार कुनै व्यक्ति र जनावरबीचको शारीरिक सम्पर्कलाई बेस्टिएलिटी भनिन्छ ।
नेसनल सेन्टर फर वायोटेक्नोलोजी इन्फरमेसन अर्थात एनसीबीआई वेबसाइटका अनुसार कुनै व्यक्तिले जनावरसँग सेक्स गर्नु ज्यादै गम्भीर विषय हो । तर जनावरमाथि हिंसाका जुन मुद्दा दर्ता हुन्छन्, त्यसमा यस प्रकारका मुद्दा निकै कम हुन्छन् । यो दण्डनीय अपराध हो ।
एनसीबीआई रिसर्च जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार बेस्टिएलिटी एक प्रकारको यौन हिंसा हो जसमा कुनै जनावरको प्रयोग यौन सन्तुष्टिका लागि गरिन्छ । यसको उद्देश्य केबल शारीरिक सन्तुष्टि हो, यसमा कुनै भावनात्मक सम्बन्ध हुँदैन ।
एनसीबीआईका अनुसार केही समुदायमा बेस्टिएलिटीलाई यौन संक्रमित बिरामीको उपचारको रुपमा पनि हेरिन्छ । दिल्लीस्थित सेक्सोलोजिस्ट विनोद रैनाका अनुसार यस्ता व्यक्ति ‘सेडिस्ट’ प्रवृत्तिका हुन्छन् । यो पूरै एक प्रकारको दिमागी कुरा हो ।
डा. रैनाको बिचारमा बेस्टिएलिटी मुख्य दुई कारणले हुन सक्छ । एक, यौन कुण्ठा र अर्को यौन कल्पना ।
एक रिपोर्टका अनुसार कहिलेकाहिँ बच्चाहरुले पनि यस प्रकारको हर्कत गर्दछन् तर कुनै बच्चाको सन्दर्भमा यस्तो कुरा आयो भने त्यसलाई हल्का रुपमा लिनु हुँदैन । पछि गएर यो खतरनाक हुन सक्छ । रिपोर्टमा यस कुरामा पनि जोड दिइएको छ कि अक्सर यस प्रकारको मामिलालाई नजरअन्दाज गरिन्छ तर यस्तो गर्नु खतरनाक हुनसक्छ ।