कस्तो अवस्थामा घुँडा प्रत्यारोपण गर्नुपर्छ?

    फिलाको हड्डी, नलीखुट्टाको हड्डी र अगाडि पाङ्ग्राको हड्डी मिलेर घुँडा बनेको हुन्छ।

    हड्डीहरुलाई वरिपरि कुरकुरे हड्डीले ढाँकेको हुन्छ। जुनसुकै कारणले पनि त्यो कुरकुरे हड्डी बिग्रिएमा वा घिस्रिएमा दुई वटा हड्डी एक आपसमा आएर घश्रण हुनथाल्छ। त्यो अवस्था नै घुँडा खिइनु हो।

    घुँडा खिइने बित्तिकै सबैलाई घुँडाको प्रत्यारोपण गर्नुपर्छ भन्ने हुँदैन। घुँडा खिइएको अवस्थालाई हामीले जाँचेर हेर्दा प्रत्यारोपण गर्नुपर्ने/नपर्ने थाहा हुन्छ।

    दिनरात दुख्ने, उकालो ओरालो गर्न एकदमै कठिन हुने, कतिपयलाई ह्वीलचेयरमै हिड्नुपर्ने हुन्छ। विभिन्न खालका उपचार र थेरापी गर्दा समेत निको भएन भने हामीले घुँडाको प्रत्यारोपण गर्छौं।

    नेपालमा धेरै मान्छेलाई घुँडा प्रत्यारोपण गरेर राम्रो हुँदैन भन्ने आशंका पनि छ। तर नेपालमा घुँडा प्रत्यारोपण गर्ने संख्या दिनप्रतिदिन बढ्दो छ।

    घुँडा प्रत्यारोपण गरेपछि पहिलाकै जस्तो हुन्छ भनेर भन्न सकिदैन। हिँडडुल गर्न सजिलो हुन्छ भने दुःखाई कम हुन्छ। त्यसपछि ८० प्रतिशतसम्म समस्या समाधान हुन्छ।

    घुँडा बिग्रिने धेरै कारणमध्ये घुँडा खिइने एउटा प्रमुख हो। बाथ रोग, चोट लागेर बिग्रिएको अवस्थामा समेत घुँडा प्रत्यारोपण गर्नुपर्छ। घुँडा भाचिँदैमा अथवा कुनै समस्या आउनसाथ घुँडा प्रत्यारोपण गरिदैन।

    नेपालमा सहज रुपमा घुँडा प्रत्यारोपण हुन्छ। सरकारीदेखि निजी अस्पतालसम्म घुँडा प्रत्यारोपण हुन्छ। काठमाडौं बाहिर समेत यो सेवा उपलब्ध छ। धेरैजसो बिरामीको दुई वटै घुँडा खिइएको हुन्छ। तीन\तीन महिनाको अन्तरमा घुँडा प्रत्यारोपण गरिन्छ।

    त्यो भन्दा पहिला बिरामीको अन्य स्वास्थ्य समेत परिक्षण गरिन्छ। त्यसैले एकैचोटि घुँडा प्रत्यारोपण गरिदैन। घुँडा प्रत्यारोपणदेखि सामान्य अवस्थामा फर्किन दुई देखि तीन महिनाको समय लाग्छ।

    सरकारी अस्पतालमा ३ देखि साढे ३ लाख सम्म र निजी अस्पतालमा झण्डै ५ लाख रुपैयासम्म खर्च हुन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *