यस्तो बिशेष महत्व छ गायत्री मन्त्रको जन्नुहोस ?

    गायत्री मन्त्र एक मात्र यस्तो उपाय हो जुन विश्वासका साथ जप गर्दा हर किसिमको समस्याबाट छुटकारा मिल्न सक्दछ ।

    हिन्दु धर्मका प्राय सबै मन्त्रहरु शक्तिशाली मानिन्छन् तर सबै मन्त्रहरु मध्य गायत्री मन्त्रलाई वेदको सर्वश्रेष्ठ मन्त्रको रुपमा मानिदै आएको छ।२४ शब्दबाट बनेको गायत्री मन्त्र चार वेदबाट आएको हो ।

    जसले सिधै मानिसको शारिरक र मानसिक स्वास्थमा प्रभाव पार्दछ।गायत्री मन्त्रको प्रभाव हुनको लागि गायत्री मन्त्र जप गर्नै पर्छ भन्ने छैन यसलाई सुन्दा मात्र पनि मन्त्रको असर मानिसको जिवनमा पर्ने जर्मनका बैज्ञानिकहरु बताउँदछन्।गायत्री मन्त्र भगवान सुर्यको स्तुतीमा गाईने मन्त्र हो । गायत्री मन्त्रको पहिलो नौ शब्दमा प्रभुको गुणको बारेमा ब्याख्या गरेको पाईन्छ ।
    गायत्री मन्त्रको अर्थ हो :

    ॐ = प्रणव,
    भूर =मानिसलाई प्राण प्रदान गर्ने,
    भुवः =दु:खको नास गर्ने,
    स्वः =सुख प्रदान गर्ने,
    तत =सुर्य जस्तै उज्जवल,
    वरेण्यं =सबैभन्दा उत्तम,
    भर्गो = कर्मको उद्धार गर्ने,
    देवस्य =प्रभु,
    धीमहि =आत्म चिंतन योग्य,
    धियो = बुद्धि,
    यो =जसले,
    नः =हामीलाई ,
    प्रचोदयात् .=हामीलाई शक्ति दिने (प्रार्थना)

    अर्थात प्राणस्वरूप, दुःखनाशक, सुखस्वरूप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरूप परमात्मालाई हामी अन्तःकरण धारण गरौं।परमात्मा हाम्रो बुद्धिलाई सत्मार्गमा प्रेरित गर्नुहोस् ।यदि कुनै मनुष्य यो मन्त्रलाई नियमित रुपमा जप गर्दछ भने उ भित्र उत्साह र सकारात्मकता पैदा हुन्छ भने अनुहारमा चमक बढाउँदछ। तामसिकतासंग घृणा लाग्न थाल्दछ।प्रभुमा रुचि जाग्दछ,पुर्व आभास हुन थाल्दछ ,आँखामा तेज उत्पन्न हुन्छ,क्रोध शान्त हुन्छ,ज्ञानमा बृद्धि हुन्छ, ।

    त्यस्तै गायत्री मन्त्रले स्वास्थ्मा पनि निकै फाईदा पुर्याउँदछ ।तनाव भगाउँछ ,दिमागलाई शान्त राख्दछ :यदि कोहि तनावबाट ग्रसित छ भने उसको लागि सबैभन्दा उत्तम उपाय भनेको गायत्री मन्त्रनै हो। यसको जप गर्नाले दिमागमा शान्ति मिल्दछ।

    साथै यसको निरन्तर जप गर्नाले यसले हुनसक्ने तनावबाट समेत जोगाउँछ ।भनिन्छ जव मानिस गायत्री मन्त्रको पाठ गर्दछ मानिसमा अनेक प्रकारको संवेदनाहरु यस मन्त्रबाट आउँने गर्दछन् र सो संवेदनाले मानिसको मष्तिष्कमा प्रभाव पार्दछ । यस मन्त्रलाई पाठ गर्नाले अध्ययन गर्दै गरेका बच्चाहरुमा एकाग्रता र सिक्ने क्षमतामा पनि राम्रो प्रभाव पार्दछ । यस मन्त्रको उच्चारणबाट शरिरमा पोजेटिभ इनर्जि उत्पन्न् हुन्छ।

    श्वास सम्बन्धि रोगबाट छुटकारा मिल्दछ : गायत्री मन्त्रको उच्चारणले स्वस प्रकृया राम्रोसंग हुनेगर्दछ । यस मन्त्रलाई निरन्तर जप गर्नाले फोक्सोको कार्य क्षमतामा बृद्धि हुन्छ भने शरिरमा अक्सिजनको प्रावह पनि बढ्छ ।यसको अलावा यो मन्त्रलाई जप गर्दा लामो र गहिरो श्वास लिदै छोड्दै गर्ने गर्नुपर्दछ ।यसो गर्नाले फोक्सोलाई आराम मिल्दछ भने श्वास प्रश्वास सम्वन्धित रोगलाई नियन्त्रणमा राख्दछ ।

    दमको रोगिहरुको लागि यसो गर्नाले फाईदा मिल्दछ । मुटुलाई स्वस्थ राख्दछ भने छालामा चमक ल्याउँदछ : गायत्री मन्को जप गर्दा यसले फोक्सो मात्र नभै मुटुलाई समेत स्वस्थ राख्दछ । ब्रिटिश मेडकल जर्नलको अनुसार गायत्री मंत्र जप गर्नाले श्वास लिने गति कम हुन्छ जसले गर्दा मुटुको गति पनि नियन्त्रित हुनपुग्दछ । र मुटुलाई फाईदा पुग्नजान्छ ।यसको साथसाथै यस मन्त्रको जप गर्नाले छालामा चमक आउँदछ ।

    यो मन्त्र जप गर्दा अनुहारको छालामा ब्लड सर्कुलेशन राम्रोसंग हुनपुग्दछ । जसले गर्दा छालामा भएको विषाक्त पदार्थ बाहिर निस्किन्छ र छालामा चमक आउँदछ। गायत्री उपासना जहिले पनि र जस्तो अवस्थामा पनि गर्न सकिन्छ। हर समय यो लाभदायक हुन्छ I

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *