हिटलरको कट्टु ६० हजारमा बिक्यो !

    कसैले प्रयोग गरेर फ्याँकेको कट्टुको मूल्य कति होला ? वास्तवमा यो कुनै सोध्ने प्रश्न नै होइन, किनकि त्यस्तो मूल्यहीन वस्तु रद्दीका लागि मात्र योग्य हुन्छ ।तर जर्मनीका चर्चित तानाशाह हिटलरले प्रयोग गरेको कट्टु भने झन्डै ६० हजार रुपैयाँमा बिक्री भएको छ ।

    सेतो पाटे नाइलनको कट्टु निकै ठूलो आकारको थियो, १९ इन्च लामो । साथै यसको कम्मरको साइज ३९ थियो भने दायाँ माथिपट्टि हिटलरको नाम जनाउन ए एच लेखिएको थियो ।अमेरिकामा भएको एक लिलामीका क्रममा हिटलरको कट्टु ५५ सय अमेरिकी डलरमा लिलाम भएको हो ।

    अष्ट्रियाको ग्राजस्थित पार्कहोटलमा हिटलरले उक्त कट्टु छाडेका थिए । उक्त होटलमा हिटलर सन् १९३८ मा बसेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *