बच्चालाई अण्डा कति खुवाउने ?

    विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पुराउँछ ।

    गुणस्तरको हिसाबले अण्डालाई आमाको दूधपछि दोस्रो नम्बरमा राखिन्छ । अण्डाको सेतो भागमा भन्दा पहेँलो भागमा पौष्टिक पदार्थ धेरै पाइन्छ ।

    यसमा कार्बोहाइड्रेट न्यून मात्रामा पाइन्छ तर रेसा (डाइटरी फाइबर) हुदैन । बिहानको ब्रेकफास्टमा एउटा अण्डा समावेश गर्नाले सन्तुष्टि मिल्छ र छिटो भोक लाग्दैन, फलस्वरूप यसले शरीरको तौल सन्तुलनमा राख्न पनि सघाउछ ।

    अण्डा प्रोटीन र भिटामिनहरुको राम्रो श्रोत हो तर यसमा कोलेस्ट्रोल पनी हुन्छ जुन स्वस्थ मुटुका लागी राम्रो मानिदैन। यउटा अण्डामा १५० मिलिग्राम कोलेस्ट्रोल हुन्छ र हाम्रो दैनिक खानामा ३०० मिलिग्राम भन्दा बढी कोलेस्ट्रोल हुनुहुदैन। ठोस खानेकुरा शुरूगरे संगै बच्चालाई हफ्ताको ३ देखि ४ पटक आधा अण्डा खुवाउन सकिन्छ।

    बच्चाले वयस्क सरह खानेकुरा खान थालेपछी (१ वर्ष पूरा भएपछी) दिनको १ वटा सम्म अण्डालाई संतुलित आहारको भाग बनाउन सकिन्छ। सेतो भागमा प्रोटीन मात्र हुन्छ भने पहेलो भागमा भिटामिन र खनिज तत्व हुन्छ त्यसैले दुबै भाग खुवाउनुपर्छ।

    अण्डामा भिटामिन र लवण (मिनरल) भरिपूर्ण मात्रामा पाइन्छ । यसलाई ‘प्राकृतिक मल्टिभिटामिन’ पनि भनिन्छ । यसमा भिटामिन–सी बाहेकका अन्य हामीलाई चाहिने सबै किसिमका भिटामिन पाइन्छन् । यो कुनै पनि वनस्पतिजन्य खाद्यवस्तुमा नपाइने भिटामिन बी–१२ को पनि राम्रो स्रोत हो । अण्डालाई लवणहरू खासगरी हड्डी बन्न चाहिने क्याल्सियम र फोस्फोरस एवं आइरन, जिन्क, सेलेनियम आदिको असल स्रोतको रूपमा लिइन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *