रुघाखोकीले हैरान हुनुहुन्छ ? यी घरेलु विधिहरु अपनाउनुहोस्

    जाडो लाग्न थालेपछि रुघाखोकीले समात्ने सम्भावना हुन्छ । मौसम परिवर्तन हुँदा शरीरले प्रतिक्रिया जनाउँछ । त्यो भनेको नाक बन्द हुनु, रुघा लाग्नु र गला खिचखिच हुनु हो । बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठीक हुन्छ ।

    पानीको बाफ

    पानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर हाल्नुस् र दुई मिनेपछि त्यो पानीको बाफ लिनुस् । दिनमा दुईचोटि यसो गर्नुभयो भने बन्द नाकमा धेरै राहत पाउनुहुन्छ ।

    कागती चिया

    कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिउनुभयो भने पनि नाक खुल्छ ।

    सर्स्युँको तेल

    एक चम्चा सर्स्युँको तेल तताएर हल्का चिसो हुन दिनुस् अनि त्यसका केही थोपा नाकमा हाल्नुस् । नाक खुल्छ ।

    नूनपानी

    पानीमा नून हालेर घोल बनाउनुस् र त्यो घोलले नाक धुनुस् । त्यसो गर्दा नाकमा भएका ब्याक्टेरिया र भाइरस मर्छन र नाक खुलेर आराम पाइन्छ ।

    नाक सेक्ने

    एउटा सफा रुमाल तातो पानीमा हाल्नुस् र त्यसलाई बन्द नाकमा राखेर सेक्नुस् । यसो गर्दा आराम अनुभव गर्नुहुनेछ ।

    तुलसीको पात

    बन्द नाक खुलाउन तुलसीको पात खाँदा पनि काम गर्छ । तुलसीको पानी राखेर पानी उमाल्नुहोस् र त्यसको सेवन गर्नुहोस्, राहात मिल्छ ।

    मह

    महले बन्द नाक खुलाउँछ र घाँटी खसखसाएको पनि हटाउँछ । एक कप मनतातो पानीमा दुई चम्चा मह हालेर पिउनुस् ।नीलगिरीको तेल अनि लसुनको सूपले पनि बन्द नाक खुलाउँछ । (एजेन्सी)

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *