के हो श्राद्ध ? किन गरिन्छ पितृ श्राद्ध ?

    हिन्दु धर्म अनुसार मानिसहरुले भगवानको पूजा अर्चना गरेर खुसी बनाउनु भन्दा पहिले आफ्ना पितृहरुलाई खुसी बनाउन जरुरी हुन्छ । धार्मिक मान्यता अनुसार यो समय यमराजले केही समय पितृहरुलाई छोडिदिन्छन् । ताकि उनीहरु आफ्नो परिवारबाट श्रादद्धारा दिइने पितृ सम्मान ग्रहण गर्न सकुन् ।

    किन जरुरी छ त श्राद ?

    भनिन्छ यदि पितृ रिसाए भने मानिसहरुलाई जीवनमा धेरै प्रकारका दुःख कष्टको सामना गर्नुपर्दछ । पितृ अशान्त हुँदा संचित धनको हानि, सन्तानको समस्यालगायतका धेरै समस्या आउँछन् । सन्तान नहुनेहरुले त झन पितृलाई खुसी पार्नका लागि श्राद गर्न अनिवार्य हुन्छ ।

    के हो श्राद्ध ?

    ब्रम्हपुराणका अनुसार कुनैपनि वस्तु, उचित समय तथा स्थानमा पितृको नाम उचित विधिद्धारा ब्राम्हणलाई श्रद्धापूर्वक दिनु नै त्यसलाई श्राद भनिन्छ । श्राद्धको माध्यमबाट पितृलाई तृप्त बनाउनका लागि भोजन पठाउने मान्यता रहि आएको छ । पिण्डका रुपमा पितृलाई दिइएको भोजन श्रादको मुख्य हिस्सा मानिन्छ ।

    के दिइन्छ त श्रादमा ?

    श्राद्धमा तेल, चामल, पहेलो दाल, काँचो तरकारी, नुन लगायतका खाद्यवस्तुहरु समावेश गरिन्छ । श्राद्धमा तेल र कुशको अत्यन्तै महत्व हुन्छ । साथै पहेलो फूल चढाउने तथा पहेलो चन्दन लगाउनु पर्दछ ।

    श्रादमा कौवाको महत्व:

    हिन्दु धर्म अनुसार कौवालाई पितृको रुप मानिन्छ । भनिन्छ श्राद ग्रहणका लागि हाम्रा पितृ कौवाको रुपधारण गरेर आउँछन् । उनीहरुलाई श्रादमा उपयोग गरिएको वस्तु खानका लागि दिइएन भने उनीहरु रुष्ट हुन्छन् ।

    स्रोह श्रादमा के गर्ने ?

    पितृको तिथि नआन्जेलसम्म सकिन्छ भने एक छाक खाना खाने । त्यसमा पनि रोटी खानु राम्रो हुन्छ । त्यस्तै हात गोडाका नङ काट्ने, दिनदिनै नुहाउने गर्नु राम्रो हुन्छ । श्रादको दिन दतिवनले दाँत माझ्दा राम्रो हुन्छ । श्राद अगाडि पान लगायतका वस्तुहरुको सेवन नगर्ने । श्राद नसकिँदा सम्म शरीरमा तेल नलगाउने, साथै किरा परेको अन्न प्रयोग नगर्ने ।

    श्रादको बेला घिउ, चिनी, दूध मिसाएर बनाएको पिण्ड पितृलाई अर्पण गर्नुपर्दछ । सोहि बेला पितृहरुको सम्झना गर्दै ‘मैले तपाईलाई देखेको छैन, घिउ चिनी, दूध मिसाएको पिण्ड अर्पण गरेको छु’ भन्दै उनीहरुको सम्झना गर्नुपर्दछ ।

    कहाँ गर्ने त श्राद ?

    आफ्नो घरमा, मन्दिरमा बसेका ब्रम्हाण्डबाट, तिर्थमा, गोर्कणमा, कोटिहोममा, पशुपति क्षेत्रमा गएर श्राद गर्न सकिन्छ । सोह्र श्रादपछि दुर्गापक्ष विजयादशमी तथा शुभ दीपावली आउने भएको हुनाले पहिले पितृहरुको आर्शिवाद लिएर देवताहरुको पूजा अर्चना गर्नुपर्ने ज्योतिषहरु बताउँछन्

    साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *