काठमाडौँ । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घटेको छ । आइतबार २४.५८ अङ्कले घट्दै नेप्से परिसूचक १९७४.३७ विन्दुमा रह्यो । ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको छ । यो गत साताको अन्तिम कारोबार दिनभन्दा घटेको हो । गत बिहीबार नेप्से परिसूचक ७.३१ अङ्कले घट्दै १९९८.९६ विन्दुमा रहँदा ९४ लाख ९८ हजार २९८ कित्ता सेयर ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँमा किनबेच भएको थियो । लघुवित्त र निर्जीवन बीमाबाहेक सबै उपसूचक घट्दा परिसूचकसँगै कारोबार घटेको हो । सर्वाधिक विकास बैंक उपसमूह २.६५ प्रतिशतले घटेको छ । १९६ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन् । ४२ कम्पनीको सेयरमूल्य बढेको छ भने ७ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । सर्वाधिक कारोबार हुनेमा कम्पनीको सूचीमा नेपाल फाइनान्स पहिलो न्मरबमा छ । उक्त फाइनान्सको १२ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । हिमालयन डिष्टिलरीको ११ करोड ९० लाख, पोखरा फाइनान्सको ११ करोड ७० लाख, आइएमई लाइफ इन्स्योरेन्सको ११ करोड र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ९ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सेयरमूल्य बढ्ने कम्पनीका दोल्ती पावर, साधना लघुवित्त, समता घरेलु लघुवित्त लगायत छन् । सेयरमूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका पिपुल्स पावर, सिंगटी हाइड्रवोपावर, हिमालयन डिष्टिलरी, जानकी फाइनान्स, बोटलर्स तराईलगायत छन् ।
कति अंकले घट्यो त सेयर मार्केट ?
Related Posts
![अपनाउनुस वास्तुका यी तरिका यदि तपाईंको साथ पैसा अडिदैन भनि। अपनाउनुस वास्तुका यी तरिका यदि तपाईंको साथ पैसा अडिदैन भनि।](https://thenepalivideos.com/wp-content/uploads/2024/07/7B0A3FD7-D0A4-4E0C-B24B-9DBAC44FB39F-1024x694.jpeg)
अपनाउनुस वास्तुका यी तरिका यदि तपाईंको साथ पैसा अडिदैन भनि।
प्राय मानिस हातमा पैसा अडिँदैन भनेर चिन्तित हुन्छन् । उनीहरूको...
![साउन ७ गते सोमबार , आजको राशिफल साउन ७ गते सोमबार , आजको राशिफल](https://thenepalivideos.com/wp-content/uploads/2024/05/pathivara-img.jpg)
![थाइराइड भनेको के हो ? के खाने के नखाने? जानी राखौ। थाइराइड भनेको के हो ? के खाने के नखाने? जानी राखौ।](https://thenepalivideos.com/wp-content/uploads/2024/07/C70D648D-3031-4E62-9D34-3D7A25E6C0D2.jpeg)
थाइराइड भनेको के हो ? के खाने के नखाने? जानी राखौ।
थाइराइडलाई महिलामा लाग्ने रोग भनिने गरिएता पनि यो पुरुषमा पनि...