काठमाडौँ । अहिले नेपालको कुल औसत आयु ७१.३ वर्ष पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसाङ्ख्यिक सूचक अनुसार पुरुषको औसत आयु ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको दुरी बढ्दै गएको छ । यो करिब करिब ५ वर्षले फरक छ । सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२.५ वर्ष मानिसहरू बाँच्दछन् । सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ । दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, बागमती प्रदेशमा ७२.४ रहेको छ । कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औसत आयु सबैभन्दा बढी छ । सबैभन्दा कम महिलाहरूको औसत आयु लुम्बिनी प्रदेशमा ७२.५ वर्ष रहेको छ । हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्याङ्कले देखाएको छ । २०३८ सालमा भने पुरुषको औसत आयु नेपालमा बढी रहेको थियो ।
कति छ त नेपालीहरुको आयु ?
Related Posts
![अपनाउनुस वास्तुका यी तरिका यदि तपाईंको साथ पैसा अडिदैन भनि। अपनाउनुस वास्तुका यी तरिका यदि तपाईंको साथ पैसा अडिदैन भनि।](https://thenepalivideos.com/wp-content/uploads/2024/07/7B0A3FD7-D0A4-4E0C-B24B-9DBAC44FB39F-1024x694.jpeg)
अपनाउनुस वास्तुका यी तरिका यदि तपाईंको साथ पैसा अडिदैन भनि।
प्राय मानिस हातमा पैसा अडिँदैन भनेर चिन्तित हुन्छन् । उनीहरूको...
![साउन ७ गते सोमबार , आजको राशिफल साउन ७ गते सोमबार , आजको राशिफल](https://thenepalivideos.com/wp-content/uploads/2024/05/pathivara-img.jpg)
![थाइराइड भनेको के हो ? के खाने के नखाने? जानी राखौ। थाइराइड भनेको के हो ? के खाने के नखाने? जानी राखौ।](https://thenepalivideos.com/wp-content/uploads/2024/07/C70D648D-3031-4E62-9D34-3D7A25E6C0D2.jpeg)
थाइराइड भनेको के हो ? के खाने के नखाने? जानी राखौ।
थाइराइडलाई महिलामा लाग्ने रोग भनिने गरिएता पनि यो पुरुषमा पनि...