महिनावारी ढिलो हुने गरेको छ अथवा कुनै कामविशेषले गर्दा निर्धारित मितिभन्दा चाँडै महिनावारी गर्न खानपानमा ध्यान दिनु पर्छ ।
खानपानमा परिवर्तन गरेर आफ्नो लक्ष्य हासिल गर्न सकिन्छ । महिनावारी चाँडो गराउन यस्ता खानेकुरा खानुपर्छ ? रातो मासु रातो मासु बढी खाने गर्नाले शरीरमा बढी ताप उत्पन्न हुन्छ र महिनावारी निर्धा्रित मितिभन्दा चाँडै हुन जान्छ । फलफूल र तरकारी क्यारोटिनको मात्रा उच्च भएका फलफूल खाने गर्नाले महिनावारी चाँडो हुन्छ । मेवा, फर्सी, गाजरजस्ता फलफूल र तरकारीमा क्यारोटिन बढी मात्रामा पाइन्छ ।
क्यारोटिनले शरीरमा एस्ट्रोजेन हार्मोनको मात्रा बढाइदिन्छ, जसकारण महिनावारी चाँडै हुन्छ । सक्खर सक्खर खानाले पनि महिनावारी चाँडै हुने गरेको विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् ।
अनार दिनमा तीन ग्लास अनारको जुस खाने गर्नाले महिनावारी चक्र चाँडै सुरु हुन्छ । भुइँकटहर भुइँकटहरले शरीरमा ताप उत्पन्न गराउँछ । बढी मात्रामा भुइँकटहर खाने गर्नाले महिनावारी चाँडै हुन्छ । बेसार उम्लँदै गरेको पानीमा एक चिम्टी बेसार हालेर हरेक बिहान र राति पिउने । महिनावारी हुनुभन्दा १५ दिनअघिदेखि लगातार यसो गर्दा पाँच दिनअघि महिनावारी भएका उदाहरण प्रशस्तै छन् ।