के तपाईलाई गाडीमा चड्दा वान्ता हुन्छ ? यी घरेलु उपाय बाट गर्नुहोस् रोकथाम

सामान्यतया कतिपय मानिसहरुलाई गाडी चड्दा वान्तावा हुने गर्छन् । वान्तावा हुने डरले धेरै यात्रुहरु गाडी देखेर त्रसित नै हुन्छ । तर पनि गन्तव्य सफल बनाउन र छिटो छरितोको लागि गाडी चड्न बाध्य नै हुन्छ । गाडी चड्दा स्वभाविक रुपमा वान्तावा भएपनि यसले मानिसलाई निकै कम्जोर बनाउने बनाउने गर्छ । अझै धेरैजसोलाई त गाडीमा यात्रा गर्दा अत्यधिक वान्ता भएर शरीर शिथिल बन्छ। यो आममानिसको साझा समस्या हो।

यो समस्यलाई पूर्ण रूपमा रोक्न सकिदैन तर कम गर्न सकिने डाक्टरहरुको भनाई छ । कसैलाई थोरै हुने कसैलाई धेरै हुने अनि कसैलाई यात्रा गरेको भोलिपल्ट समेत हुन्छ।

अब यसलाई कम गर्न के गर्ने त ?

अल्का अस्पताल जावलाखेलमा कार्यरत डा. निमेश पौडेल दिनु भएको सुझाव अनुसार गाडीमा वान्ता हुनेले यात्रा गर्नुभन्दा पहिलानै होसियारी अपनाउनुपर्छ। लामो यात्रा गर्नुछ भने राती मजाले सुत्नुपर्छ त्यस्तै रक्सी खानु हुँदैन। रक्सीले पनि गाडीमा वान्ता हुने सम्भावना बढाउँछ।
गाडीमा यात्रा गर्नुभन्दा अघि चिल्लो खान खानु हुँदैन। गुलियो खानु हुँदैन। जसले गर्दा वान्ता हुनसक्छ।

गाडीमा यात्रा गर्दा केही औषधी लिन सकिन्छ। यात्रा अनुसारको औषधि लिनुपर्छ। अदुवाले पनि केही फाइदा गर्छ । यसले पेटको मुमेन्टलाई सजिलो बनाउँछ। कागती अनि अमिलोजन्य खाना खादा वान्ता रोक्छ भन्ने होइन तर केही हदसम्म रोक्न सक्छ। तर मान्छे अनुसार फरक हुन्छ।

गाडीमा बस्ने ठाउँको पनि ख्याल गर्नुपर्छ। वान्ता हुनेहरू झ्यालको आडमा बस्नुपर्छ। कारमा यात्रा गर्दा अगाडिको सिटमा बस्नुपर्छ । जहाजमा बस्दा पनि झ्यालको आडमा बस्नुपर्छ कानमा कपास राख्नुपर्छ । जहाज जुन दिसामा उड्दैछ त्यतै हेरेर बस्नुपर्छ ।

कसै(कसैलाई अरू समयमा नभए पनि कुनै एउटा यात्रामा हुनसक्छ। पहाडी क्षेत्रमा जिकज्याक छ भने वान्ता हुनसक्छ। कहिलेकाही गाडीमा गरेको यात्राका कारणले मात्रै वान्ता हुने भन्ने हुँदैन। त्यस्तो अवस्थामा भने चिकित्सकहाँ जानुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *