यी राशिका जीवनमा हुनेछ धनको वर्षात् १२ वर्ष पछि आज चन्द्रग्रहणमा बन्दैछ अद्भुत संयोग !

नेपालमा आज वि.सं. २०८० सालको पहिलो चन्द्रग्रहण लाग्दैछ। नेपालमा आज लाग्ने चन्द्रग्रहण पेनम्ब्रल लुनार इक्लिप्स(Penumbral Lunar Eclipse) – विरल छाया चन्द्र ग्रहण हो। शुक्रबार वैशाख शुक्लपक्षको पूर्णिमामा लाग्ने यो पेनम्ब्रल चन्द्रग्रहण राति ८ : ५९ मिनेटमा सुरू भई ११:०७ बजे मध्य हुँदै शनिबार बिहान १ : १६ मा समाप्त हुनेछ।

यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई फिका छायाँ (Penumbra) चन्द्रग्रहण हो।चन्द्रग्रहण तीन प्रकारका हुन्छन् – खग्रास चन्द्रग्रहण, खण्डग्रास चन्द्रग्रहण र पेनम्ब्रल चन्द्रग्रहण। चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ। र फिका छायाँ लागेको अवस्थालाई पेनम्ब्रल चन्द्रग्रहण भनिन्छ।

पेनुमब्रलमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभइ उपछाया मात्र पर्छ । जसलाई अँग्रेजीमा पेनुमब्रा (Penumbra) भनिन्छ। यतिबेला चन्द्रमामा पृथ्वीको हल्का छाया परेको मात्र देखिन्छ। त्यसैले खगोलविदहरुका अनुसार आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको देखिँदैन।चन्द्रमाको आकार अरु सामान्य दिनमै जस्तो देखिने छ तर रङ्ग भने हल्का गुलाबीजस्तो हुनेछ।

नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ अर्थात् पृथ्वीको छायाँको कालो भाग देखिनेछैन्।यो ग्रहण तुला राशि र स्वाति नक्षत्रमा लाग्दैछ। यो चन्द्रग्रहण निकै विशेष हुने भएको छ किनभने १२ वर्षपछि यो ग्रहणमा चतुर्ग्रही योग बन्न लागेको छ, जसमा सूर्य, बुध, गुरु र राहु मेष राशिमा मिल्ने भएका छन् ।यस चतुर्ग्रही योगको प्रभाव चन्द्रग्रहण पछिको १० दिनसम्म रहनेछ।

जेठ १ गते सूर्य वृष राशिमा प्रवेश गरेसँगै यो चतुर्ग्रही योग समाप्त हुनेछ। यसका साथै यस दिन सिद्धि योग र व्यातिपात योग पनि बन्नेछ। ग्रहणलाई ठूलो खगोलीय घटना मानिन्छ र यो शुभ संयोगका कारण केही राशिका लागि यो ग्रहण निकै शुभ मानिएको छ। चन्द्रग्रहणमा हुने यो विशेष संयोगले कुन-कुन राशिलाई फाइदा पुग्छ जानौं।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

चन्द्रग्रहणमा बन्ने यो शुभ संयोग मेष राशिका लागि विशेष हुन्छ। यो ग्रहणले तपाईको आर्थिक स्थितिमा सुधार आउने सम्भावना छ। तपाईका धेरै अधुरा कामहरु बन्नेछन्। यस अवधिमा गरिएका सबै कामको फल मिल्नेछ। यस अवधिमा गरिएका सबै यात्राहरू लाभदायक हुनेछन्। व्यापारी तथा व्यवसायीका लागि पनि ग्रहण शुभ रहनेछ। सम्पत्तिमा लगानी गर्नु राम्रो छ र यस अवधिमा त्यसो गर्नु तपाईंको लागि लाभदायक साबित हुन सक्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका लागि पनि यो ग्रहण निकै शुभ रहनेछ। कार्यस्थलमा लाभको सम्भावना छ। काममा धेरै राम्रा अवसरहरू फेला पर्नेछन्। साझेदारी कार्यमा पनि लाभको अपेक्षा छ। यस अवधिमा तपाईले आफ्नो कामको सन्दर्भमा कार्यस्थलमा फरक पहिचान बनाउन सफल हुन सक्नुहुन्छ। यस अवधिमा तपाईले आफ्नो लक्ष्यमा कडा मेहनत गर्नुहुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

यस अवधिमा समाजमा तपाईको स्थान सुदृढ हुन्छ र तपाई परिवारका सदस्य र साथीभाइसँग तीर्थयात्रा गर्न जान सक्नुहुन्छ। केही समयदेखि कुनै शारीरिक समस्याले सताईरहेको छ भने त्यसबाट तपाईले मुक्ति पाउनुहुनेछ। धनु राशिका व्यक्तिहरूले भाग्यमा भर पर्दैनन् तर कडा परिश्रम गरेमा बढी सफलता मिल्नेछ। सासु-ससुरा पक्षबाट स्थितिमा केही उतारचढाव आउन सक्छ। तर बिस्तारै सामान्य बन्दै गएको देखिन्छ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

काममा सफलता मिल्नेछ । साथीभाइबाट लाभ मिल्नेछ र साथसाथै कार्यस्थल र समाजमा तपाईंको कीर्ति बढ्नेछ। यो ग्रहणले तपाईको भाग्यलाई पनि बलियो बनाउन सक्छ। अगाडि बढ्न र आफ्नो क्षमता प्रमाणित गर्न कुनै पनि नयाँ चुनौती समाधान गर्न जिम्मेवारी लिन सक्नुहुन्छ। यस क्रममा केही उच्च अधिकारीको सहयोग पनि मिल्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *