नागरिकताबारे फेरि मुद्दा परेपछि रवि लामिछाने भन्छन्- इरिटेड गर्ने पनि सीमा हुन्छ

    Tata box 1Esewa
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी विषयमा फेरि सर्वोच्च अदालतमा मुद्दा परेको छ।

    अधिवक्ता युवराज सफलले दिएको मुद्दा सर्वोच्चले बुधबार दर्ता गरेको छ।

    आफ्नो नागरिकतासम्बन्धी फेरि मुद्दा दर्ता भएपछि लामिछानेले इरिटेड गर्नुको पनि सीमा हुने बताएका छन्।

    बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्- मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।

    यसअघि गत माघ १३ गते अमेरिकी नागरिकता लिएपछि प्रक्रिया नपुर्‍याएर पुन: नेपाली नागरिकता नलिएको भन्दै लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरिदिएको थियो। त्यतिबेला उनी गृहमन्त्रीसमेत थिए। अदालतको फैसलासँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो।

    त्यसपछि लामिछाने जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिएका थिए।

    अधिवक्ता सफलले लामिछानेले पुन:नागरिकता लिँदा प्रक्रिया नपुर्‍याई लिएको भन्दै मुद्दा हालेका हुन्।

    नयाँ नागरिकता लिएपछि लामिछाने वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन-२ बाट फेरि प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।

    Ncell
    लामिछानेले अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँग भएकाले जेठ ९ गते सर्वोच्च अदालतमा बुझाइसकेको बताएका छन्।

    यसअघि बुधबारको संसद बैठकमा पनि लामिछानेको नागरिकताका विषयमा कुरा उठेको थियो।

    कांग्रेस सांसद अजयकुमार चौरसियाले रोष्ट्रमबाट नागरिकता त्यागेको निस्सा नबुझाएको कुरा उठाएपछि लामिछानेले नियमापत्ति गरेका थिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *