प्रत्येक मानिसको लागि यौ*न जीवनको आधारभूत आवश्यकता मानिन्छ । स्वास्थ्य विद्हरुले स्वस्थ जीवनका लागि शारी*रिक स,म्वन्ध अर्थात् स*म्भो,गलाई महत्वपूर्ण मान्ने गरेका छन् । प्राय यौ,न जीवनमा सन्तुष्ट नभएका मानिसहरुको दाम्पत्य सम्वन्ध असफल हुने गरेका छन् ।
विभिन्न कारणले शारिरिक सम्प,र्कका बेला समस्या आएमा यसले सन्तुष्टीमा असर पुर्याउँछ भने गम्भीर स,म्भोगका लागि पुरुष-महिला दुबैको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य राम्रो पनि हुनुपर्छ ।शारी,रिक सम्व,न्धबाट अधिक सन्तुष्टी पाउन यी उपाय अपनाउनुहोस !
स्वस्थ स,म्भोगको लागि स्नायु प्रणाली पनि स्वस्थ रहन आबस्यक हुन्छ । यसको परिणाम स,म्भोग अविस्मरणीय एवं आनन्दित हुन्छ । स्वस्थ मुटु र रक्तसञ्चार प्रणालीले उत्तेजनालाई लामो समयसम्म कायम राख्न सहयोग गर्ने । तनावरहित गहन विश्रामले स्नायु प्रणाली, मुटु र रक्तसंचार प्रणालीलाई स्वस्थ बनाउन भूमिका खेल्छ ।
व्यायाम
अनुसन्धानले नियमित व्यायाम गर्ने पुरुषमा यौ,न सम्बन्धि समस्या कम हुने देखाएको छ । नियमित व्यायामले महिलाको यौ,न शक्ति बढाएको पनि अनुसन्धानले आफ्नो निस्कर्ष निकालेको छ ।
ब्यायामले प्रजनन अंगको रक्तसञ्चारलाई बढाउने काम समेत गर्छ । टेस्टोस्टेरोन हर्मोनको मात्रा पनि बढ्छ, जसको कारण उत्तेजना वृद्धि हुन्छ र स,म्भोग चरमोत्कर्षमा पुग्छ । त्यसैले व्यायामसँगै पौडी खेल्ने, योग, नृत्य आदि गतिविधि गर्न सकिन्छ । ब्यायाम यसरी नै गर्नु पर्छ भन्ने कुनै नियम त छैन । तर, दैनिक आधा घण्टासम्मको व्यायामले यौ,न स्वास्थ्यमा ठूलो भूमिका खेल्छ ।
मध्यपान र धुम्रपान
बढि धुम्रपानले यौ,न क्षमतामा ह्रास ल्याउने अनुसन्धानले पुष्टि गरिसकेको छ । धुम्रपानले यौ.न इच्छामा समेत कमी ल्याउँछ । यस्तै अत्यधिक मदिराको सेवनले फेरि स्नायु प्रणालीलाई शिथिल बनाउने काम गर्छ । कतिपय पुरुषले मदिरा सेवनपछिको स,म्भोग आनन्ददायक हुने बताए पनि बैज्ञानिकहरुले भने मदिरा सेवनले यौ,नांगलाई शिथिल बनाउँदै लैजाने बताउँछन् । त्यसैले सकेसम्म मदिरा सेवन गर्नु हुँदैन । यदि खानैपर्ने अवस्था भएमा रेड वाइन तुलनात्मक रुपमा राम्रो हुन्छ ।
खाना
हामीले खाने खानामा फलफूल र तरकारीको मात्रालाई बढाउनुपर्छ । त्यस्ता खानाको उपभोग गर्नुपर्छ जसमा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ । त्यस्तो खानाले स्नायु र मुटुलाई स्वस्थ र बलियो बनाउने काम गर्छ । बोसोजन्य, दुधजन्य पदार्थ, जंक फुडजस्ता खाद्यपदार्थको उपभोगलाई घटाउनुपर्छ । किनकी यस्ता खाद्यपदार्थमा एन्टिअक्सिडेन्टको मात्रा कम हुन्छ।
जसले मुटुको धमनीहरुलाई साँघुरो बनाउँदै लैजान्छ र प्रजनन अंगको रक्तसञ्चारमा बाधा उत्पन्न गर्छ । साउथ कोरिया विश्वविद्यालयले ३ हजार २ सय ५० पुरुषहरुमा गरेको अनुसन्धानबाट कोलस्ट्रोलको मात्रा बढेका पुरुषहरुलाई यौ.न समस्या हुने निष्कर्ष निकालेको छ । त्यसैले खानामा बोसो, चिल्लोलाई कम गरी सलादको प्रयोग बढाउनुपर्छ ।
निद्रा
कम निद्राले शरीरको उर्जामा कमी ल्याउने काम गर्छ । यसले गर्दा शारीरिक कमजोरीको पनि महसुस हुन्छ । त्यति मात्र होइन, पुरा ननिदाउँदा टेस्टोस्टेरोन हर्मोनको सक्रियतामा कमी आउँछ र यौ,न क्षमतामा नकारात्मक असर पर्छ । त्यसैले गहन स,म्भोगको लागि गहन निद्रा महत्वपूर्ण रहेको हुन्छ ।
मोटोपना भएका मानिसले पनि यौन सम्पर्कबाट सन्तुष्टी प्राप्त गर्न गाह्रो पर्ने गर्दछ । यसले सेक्स पार्टरलाई पनि असजिलो पार्छ । मोटो पुरुष र महिला सम्भोगको बेला छोटो समयमै थकित हुने समस्या हुन्छ । त्यसैले विस्तारै आफ्नो मोटोपनालाई कम गर्नु वाञ्छनीय छ ।
तनाव
तनाबले यौ,न समस्यालाई झन् बढाउँछ । यसले प्रजनन अंगमा रक्तसञ्चार हुन कम हुनुका साथै टेस्टोस्टेरोन हर्मोनको सक्रियतालाई समेत कम गर्ने कार्य गर्छ । तनावले मानसिक समस्यालाई बढाउँदछ र यौन क्षमतालाई घटाउँछ । त्यसैले तनाव व्यवस्थापनका लागि ब्यायाम, योग, ध्यान, प्राणायाम, नृत्य, संगीत सुन्ने बानी समेत बसाउनुपर्छ ।