मान्छे सामान्य उपचार नपाएर मरिरहेका छन्। अस्पतालको बिल तिर्न नसकेर आत्महत्या गरिरहेका छन्। पहुँचमा स्वास्थ्य संस्था नहुँदा बाटोमै सुत्केरी हुँदा मर्छन् ।
अनि यहि देशमा शुल्क तिर्न नसकेर स्कुल छोडेकाहरु पनि छन् त कोहि आमाको तिलहरी बन्धक राखेर पढेका छन् । अनि त्यही मेरो देशमा ऋणमा डुबेर पेट्रोल छर्केर आत्मदाह गर्छन् ।
तर त्यहि देशमा मन्दिरको छानो सुनको हुन्छ त्यो पनि शिव भगवानको जसले सधै खरानीलाई आफ्नो शरीरमा धारण गरेका थिए । गाउँगाउँमा ‘भ्यू टावर’ बनाएर त्यसको माथिबाट गरिवीको दुर्दशा हेर्छन । जय नेपाल !