कसरी बन्छ शरीरमा रगत ? शरीरमा रगतको कमी किन हुन्छ ?

कसरी बन्छ शरीरमा रगत ? शरीरमा रगतको कमी किन हुन्छ ?

रगत कसरी बन्छ ? धेरैलाई खुल्दुली हुन सक्छ । शरीरमा भएको हड्डीभित्रको स्पन्जी कोषिकालाई बोनम्यारो भनिन्छ, जसबाट रगत बन्छ । यद्यपि शरीरका सबै हड्डीमा रगत बन्दैन । रगत बन्ने हड्डी मेरुदण्ड (ढाड), छाती, घुँडामा र बस्ने हड्डीमा बन्छ । किनकि यहाँ बोनम्यारोको मात्रा बढी हुन्छ ।

बोनम्यारोबाट स्टेम सेल कोषिका बन्छ पहिलो चरणमा । त्यही कोषिका परिपक्व हुन्छ । परिपक्व भएको कोषिका छुट्टाछुट्टै रक्तकोषिका बन्ने गर्छ । जस्तै रातो रक्तकोषिका, सेतो रक्तकोषिका वा प्लेटलेट बन्ने हुने गर्छ । अपरिपक्व स्टेम सेल कोषिका ब्लास्ट बन्छ । यो रगतमा धेरै भएको खण्डमा शरीरमा विभिन्न रोग निम्त्याउने गर्छ ।

रगत शरीरको विभिन्न अंगमा प्रवाह गर्न रक्तनली तथा अन्य अंगले मद्दत गर्ने गर्छ । लिफ नोड तथा फियो मिर्गौलाले राम्रो रगत नराम्रो रगत छुट्याउने बाहिर फाल्ने काम गर्छ ।

रगत कुन–कुन चीज मिलेर बनेको हुन्छ ?

शरीरमा बग्ने रगतमा प्लाज्मा, रातो रक्त कोषिका, सेतो रक्तकोषिका र प्लेटलेट मिलेर बनेको हुन्छ ।

प्लाज्मा : सबै रगतमा ९२ प्रतिशत पानी हुन्छ भने बाँकी आठ प्रतिशत प्रोट्रिन, न्युट्रिसियन र तरल तत्व हुन्छ । तरल पदार्थले रगतलाई बग्न मद्दत गर्छ । न्युट्रिसियन, पोषण, मिनरल्स, औषधि शरीरको विभिन्न अंगमा पुर्‍याउने काम गर्छ । शरीरभित्र रहेको फोहोर फाल्ने काम गर्छ ।

रातो रक्तकोषिका : यसलाई आरबीसी भन्ने गरिन्छ । यसको वैज्ञानिक नाम एरिथ्रोसाइट्स हो । यो शरीरमा लगभग ५० लाख हुन्छ । यो १२० दिनसम्म बाँच्छ । यसमा हेमोग्लोबिन भन्ने प्रोटिन हुन्छ । यसले फोक्सोमा रहेको अक्सिजनलाई शरीरका कोषमा पुर्‍याउने र कोषबाट कार्बनडाइअक्साइड फिर्ता ल्याउने काम गर्छ ।

सेतो रक्तकोषिका : यसलाई डब्लुबीसी भन्ने गरिन्छ । सेतो रक्तकोषले शरीरको प्रतिरक्षा गर्नुका साथै रोगसँग लड्न क्षमता बढाउने भूमिका खेल्छ । ५-६ घण्टादेखि ४८ घण्टासम्म बाँच्ने गर्छ । यसले शरीरमा हुने जीवाणुलाई लड्ने क्षमता बढाउँछ ।

प्लेटलेट : प्लेटलेटले घाउ चोटपटक लाग्दा बगिरहेको रगत तथा रक्तश्राव भएमा त्यसलाई जमाएर नियन्त्रण गर्न मद्दत गर्छ । शरीरमा यसको संख्या लगभग दुई लाख हुन्छ । यो पाँच दिनसम्म बाँच्छ ।

शरीरमा रगतको कमी किन हुन्छ ?

शरीरमा रगत बन्ने नियमित प्रक्रियामा गडबड भएपछि रातो रक्तकोषिकामा कमी आउँछ । साथै शरीरमा न्युट्रिसियन डिफेन्सियसन कमी भएर पनि हुने गर्छ । न्युट्रिसियन डिफेन्सियस भनेको शरीरमा भिटामिन डी, आइरन, भिटामिन बी-१२ को कमी भएपछि हुने गर्छ । यसबाहेक शरीरमा बोनम्यारो कमी हुँदै गएमा पनि रगतको कमी हुन्छ ।

यसको परिपूर्तिका लागि प्रोट्रिन र भिटामिन बी १२ को कमी भएमा माछा, मासु, अण्डा, ड्राइफ्रुट्स सेवन गर्ने, भिटामिन डीका लागि माछाको तेल, च्याउ र आइरन पाइने खानेकुरा जस्तै दाल, भात, बारा, सेलरोती समोसा, दही तथा कार्बोहाइड्रेट खान सकिन्छ । साथै शरीरमा रगतको कमी हुन नदिन, अनार, स्याउ, गाँजर, चुकन्दर तथा अन्य सागसब्जी जसमा आइरन र पोटासियम पाइन्छ । यस्ता चीज सेवन गर्दा शरीरमा रगतको मात्रा कम हुन दिंदैन । साथै बोनम्यारो कमजोर भएको वा काम गर्न नसकेको खण्डमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

शरीरमा कति रगत हुन्छ ?

मानिसको शरीरको बनावट र तौलअनुसार फरक-फरक हुन्छ । जस्तै एक जना मानिस ५० किलोको तौल छ भने उसको शरीरमा ५०० एमएल रगत हुन्छ ।

किन एउटै वंशको रगत समूह पनि फरक हुन्छ ?

रातो रक्तकोषिकामा कुन किसिमको केमिकल (ग्लाइकोप्रोटिन) टाँसिएको छ, त्यसअनुसार रक्तसमूह फरक हुन्छ । जसकारण आमा र बुबाको रगत कसैमा मिल्न सक्छ, कसैमा नमिल्न पनि सक्छ । कसैमा बाबुआमामध्ये एक जनाको रक्त समूह मिल्न सक्छ । केही सन्तानमा भने बाबु वा आमापट्टिको तीन पुस्ताबाट पनि रक्त समूह मिल्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *