वडाध्यक्षबाटै महिलामाथि दुर्व्यवहार

    वडाध्यक्षबाटै महिलामाथि दुर्व्यवहार

    उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का अध्यक्ष प्रकाश राउतले शुक्रबार मध्याह्न स्थानीय एक महिलामाथि दुर्व्यवहार गरेका छन् । वर्षाको समयमा अवैधरुपमा ढुंगागिट्टी उत्खनन् भइरहेको सूचना पाएपछि रोक्न पुगेकी सुनिता श्रेष्ठलाई राउतले दुर्व्यवहार गरेका हुन् । वडाध्यले महिलामाथि हातपात गरेको आरोप लागेको छ ।

    स्थानीय छिडि खोलामा वडाध्यक्ष राउतको समेत संलग्नतामा गिट्टी उत्खनन गरेको पाएपछि रोक्न जाँदा हातपात र दुर्व्यवहार गरेको पीडित श्रेष्ठले बताइन् । वर्षाको समयमा खोलानालामा उत्खनन् गर्नु गैरकानुनी भएको बताउँदै उनले सामुदायिक वन क्षेत्रभित्रबाट गिट्टी निकाल्न मिल्दैन भन्दा हातपात भएको गुनासो गरिन् ।

    चौदण्डीगढी नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष रातउले भने आफूले महिलालाई कुटपिट र दुर्व्यवहार नगरेको दाबी गरेका छन् । वडामा सडक निर्माण चलिरहेकाले गिट्टी निकाल्ने क्रममा सामान्य विवाद भएको उनको दाबी छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *