मुला सँग ४ चिज मिसाएर सेवन गर्दा हुन्छ विष सरह,ख्याल गर्नुहोस्।

    मुला प्राय: हरेकको भान्सामा रहने तरकारी हो। कहिले सलादको रुपमा कहिले अचार त कहिले मुलाको परौठा र तरकारी समेत बनाएर खाने गरिन्छ । यति मात्रै होइन मुला सेवनले पाचन प्रणाली राम्रो बनाउने आम विश्वास पनि छ ।

    तर कतिपय तरकारी र फलफूलसँगै मुला खाएमा स्वास्थ्यमा गम्भीर हानी पुग्ने अध्ययनहरुले देखाएका छन्। निम्न उल्लेखित तरकारी, फलफुलसँगै मुला नखान चिकित्सकहरूको सुझाव छ ।

    करेला: करेला र मुलालाई कहिल्यै पनि सँगै नखान चिकित्सक तथा अनुशन्धाताहरूको सुझाब छ । यी दुई फलफुलमा पाइने प्राकृतिक तत्वको रियाक्सनले मानव शरीरमा गम्भीर असर पार्ने चिकित्सकहरूको चेतावनी छ । मुला र करेलासँगै सेवन गरेमा श्वासप्रश्वास र मुटुसम्बन्धी रोग बढ्ने अध्ययन रिर्पोटहरूमा उल्लेख छ।

    सुन्तला: मुलासँग सुन्तलाको सेवन पनि हानिकार मानिन्छ । अनुशन्धाताहरूले सुन्तला र मुलाको मिश्रणबाट विष उत्पन्न हुने चेतावनी दिएका छन्। यी दुईबाट निस्कने तत्वले पेटसँग सम्बन्धीत मात्रै होइन शरीरका अन्य भागमा पनि गम्भीर असर पर्ने उनीहरुको चेतावनी छ ।

    कांक्रो: कतिपय मानिस कांक्रो र मुलाको मिश्रणलाई उत्तम ठान्छन् । तर अनुशन्धानकर्ताहरुले कांक्रो र मुला एकैसाथ नखान सुझाब दिएका छन् । मुलामा पाइने एस्कार्बिनाजले शरीरमा भएको ‘भिटामीन सि’ लाई सोस्छ । भिटामिन सिको अभावमा तपाईलाई गम्भीर असर पर्नसक्छ ।

    दुध: हुन त दुधलाई कहिल्यै पनि नुनिलो र अमिलो वस्तुसँगै खानु हुँदैन । साथै मुला मिसाएर पकाएको तरकारी सेवन गरिरहेको बेला पनि दुध पिउनु हुँदैन। मुलामा भएको तत्व र दुधमा भएको तत्वको मिश्रणबाट छालासम्बन्धी रोग उत्पन्न हुनसक्छ। मुलाबाट बनेको खानेकुरा खाएको कम्तिमा दुई घण्टापछि दुध पिउन अनुशन्धानकर्ताहरुको सुझाब छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *