नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो आवाजसहितको अडियोको प्रसंग प्रहरीले अहिले फेरि निकाल्नु आफूबिरुद्धको षड्यन्त्र भएको कांग्रेस नेतृ आरजु देउवाले बताएकी छन्।
प्रहरीले आरजुको स्वर भएको अडियोमा उल्लेखित सन्देश शर्माको भनिएको स्वर सन्देश शर्मासँगै मिलेको भन्दै सार्वजनिक गरेको छ।
सोमबार संसद् बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै डा. आरजु राणाले अभियुक्तले नै गलत रहेको भनी बताइसकेको अडियो अहिले सार्वजनिक गर्नुको पछाडि कुनै षड्यन्त्र रहेको बताएकी हुन्।
‘प्रहरीकहाँ भएको टेप कसरी बाहिर आयो? अभियुक्तको बयानमै यो अडियो गलत भन्ने सावित भइसकेको छ। गलत भन्ने थाहा पाउँदा पाउँदै प्रहरीबाट कसरी बाहिर आयो ? यसमा तथ्य नै छैन भन्ने थाहा हुँदाहुँदै बाहिर कसरी ल्याइयो। यो मेरोविरुद्ध षड्यन्त्र हो,’ उनले पत्रकारहरुसँग भनिन्।