काठमाडौँ, १९ कात्तिक । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १२९ जना पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–६ बौद्ध रामहिटी रामनगर पाटी प्यालेसनजिक बस्ने ४३ वर्षीय सूर्य भन्ने राम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनारसमेत २० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ६९ हजार ८१० रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो ।
नुवाकोट, बिदुर नगरपालिका–५ माथिल्लो पिपलटार ठुलोगाउँ बस्ने ३० वर्षीय बिनोद कुमालको घरमा कौडा खेलिरहेको अवस्थामा बिनोदसमेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ९१० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।
मुस्ताङ, घरपझोङ गाउँपालिका–२ मार्फास्थित फिरोज लालचनको होटल माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय सुरज लालचनसमेत १२ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ५२ हजार ८ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
पाँचथर, फिदिम नगरपालिका–१ बस्ने ५६ वर्षीय खेमनाथ अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा अधिकारीसमेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ५३० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।
बाँके, नेपालगञ्ज उपमहानगरपालिका–४ सल्यानीबाग बस्ने सुवाष तारामी मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय पृतम शाक्यसमेत १४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार ८२० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका–१५ बस्ने दान बहादुर थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१५ बस्ने ५१ वर्षीय खेमप्रसाद पाण्डेसमेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ४०५ रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।
कैलाली, गौरीगंगा नगरपालिका–१ गोप्का बस्ने ४२ वर्षीय भैरब चन्दको रोयल फेम्ली रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेको अवस्थामा चन्दसमेत २० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ९११ रूपैयाँसहित पक्राउ गरेको हो ।
यसैगरी, कैलाली धनगढी उपमहानगरपालिका–७ गौडी चोक बस्ने सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–७ बस्ने २४ वर्षीय मुकेश चौधरीसमेत ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार २ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । कञ्चनपुर, बेदकोट नगरपालिका–४ बगुन बस्ने ४६ वर्षीय ईश्वर भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्टसमेत २० जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ९८ रूपैयाँ र ३ सय पत्ती ताससहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका–९ राजघाटस्थित यज्ञ बहादुर महराको मदिरा पसलमा जुवातास खेलिरहेको अवस्थामा कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने ५० वर्षीय जियाराम चौधरीसमेत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार २ सय १० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका–५ बढैयागाउँस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–४ बस्ने २५ वर्षीय राजन थापासमेत ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया, इलाका प्रहरी कार्यालय बाँसगढी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १२४ रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।