आइएमई लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट गरिदै,कसरि हेर्ने नतिजा ?

आइएमई लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट गरिदै,कसरि हेर्ने नतिजा ?

आइएमई लाइफ इन्सुरेन्सको आइपीओ शनिबार (असार ३० गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार शनिबार (असार ३० गते) बिहान ११ बजे सिटिसी मल सुन्धारा,

काठमाडौंमा रहेको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ ।यता, आइएमई लाइफको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १.६४ गुणा बढी आवेदन परेको छ ।

कसरि हेर्ने नतिजा ?

http://iporesult.cdsc.com.np/
http://meroshare.cdsc.com.np/
यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १२ लाख ९० हजार ७४१ जनाले कुल १ करोड ५७ लाख ८७ हजार १५० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ९ लाख ६० हजारले सेयर हात पार्नेछन् । बाँकी ३ लाख ३० हजार ७४१ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले असार २१ गतेदेखि २५ गतेसम्म १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३६.९१ रुपैयाँको दरले सर्वसाधारणलाई ९६ लाख कित्ता सेयर आइपीओ बिक्री खुला गरेको थियो । यो आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *