मलमास शुभ, के के गर्न हुँदैन ? नव दम्पत्तिले के गर्ने, के नगर्ने ?

मलमास शुभ, के के गर्न हुँदैन ? नव दम्पत्तिले के गर्ने, के नगर्ने ?

बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु हुने मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने धार्मिक मान्यता छ । मलमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न हुँदैन ।
यसमा घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरु गर्न मिल्छ । मलमासको कृष्ण पक्षमा जन्मिएका वा मृत्यु भएकाको तिथि निर्धारण गर्दा एक महिना पछिको गरिन्छ । मलमासको समयमा विवाह गरेको पहिलो वर्ष परेमा श्रीमान् श्रीमती सँगै बस्न नहुने प्रचलन रहेको छ । मलमास चन्द्रमाको गति अनुसारको महिनाभित्र सूर्यको संक्रान्ति परेन भने यो एउटा अधिकमास हो । यसलाई मलमास भनिन्छ । अधिकमास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । प्रत्येक राशि, नक्षत्र, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मलमासको स्वामी छैनन् । यसकारण अधिकमासमा सम्पूर्ण शुभ, देव एवं पितृ कार्य वर्जित मानिएको उनको भनाइ छ ।

अधिकमास भनेको एक प्रकारको विकार नै हो । त्यसैले ज्योतिषका फलित ग्रन्थहरूमा विशेष गरी संहिता ग्रन्थहरूमा अधिकमासको प्रायः अशुभ फलहरू नै बताइएको पाइन्छ तर अधिकमासको शुभाशुभ फलहरू अधिकमास परेको मासका आधारमा निर्धारित हुन्छन् ।

विशेष पूजा–आजा, यज्ञ–अनुष्ठान जस्ता धार्मिक कृत्यहरू गर्नुहुँदैन । चूडा, उपनयन ९व्रतबन्ध० विवाहजस्ता संस्कारहरू गर्नुहुँदैन । त्यस्तै एकाह, सप्ताह, नवाहका रूपमा गरिने पारमार्थिक कार्यहरू पनि अधिकमासमा गर्नुहुँदैन । तर शरीर एवं चित्तशुद्धिका लागि हरेक दिन गरिने स्नान, सन्ध्योपासन, पाञ्चायन देवताको पूजा, स्वाध्याय, अतिथिसत्कारजस्ता नित्य कर्महरू, नामकरण (न्वारन), अन्नप्राशन पास्नी जस्ता निश्चित समयमा सम्पादन गर्नुपर्ने संस्कारहरू गर्न हुन्छ । त्यस्तै कोही व्यक्तिको मृत्यु भएमा हाम्रो आ–आफ्नो परम्पराअनुसार गर्नुपर्ने अन्त्येष्टि संस्कार अन्तर्गतका क्रियाकर्महरू गर्न हुन्छ र गर्नुपर्छ ।

मलमासमा गर्न नहुने काम

–अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन ।

–मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि शास्त्रीय निषेध छ ।

–विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म अधिकमासमा गर्नु हुँदैन भनिएको छ । यद्यपि पुरुषोत्तम महात्म्य लगाउने भनेकै यही महिनामा हो र यसबाट मोक्षसम्म मिल्नसक्ने बताइएको छ ।

–गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवणलगायत कुनै कामना राखेर गरिने काम गर्नु हुँदैन । यद्यपि निष्काम भावले गरिने यस्ता कर्म गर्न कुनै बाधा छैन । यसबाट झन् ठूलो पुण्य आर्जन हुने कुरा बताइएको छ ।

नव दम्पतीले गर्न नहुने काम

–विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण हुन्छ । यसको अर्थ पुराना दमपतीलाई चाहिँ छुट छ भनिएको होइन ।

–यो अवस्थामा समागम भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ ।

–नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *