मलाई भात होइन ‘सेक्स’ चाहिन्छ- राजेन्द्र खड्गी

फिल्ममा ड्याङ–ड्याङ गोदेको, एक मुक्का हान्दा आकासमा उडेको, पेटमै तरबार छिराएकोजस्ता दृश्य देखिन्छ । जसले दर्शकलाई रोमाञ्चित त बनाउँछ नै, साथै अचम्म पनि लाग्छ । र, कसरी त्यस्तो दृश्य फिल्ममा देखिन्छ ? भन्ने जिज्ञासा उत्पन्न हुन्छ । नेपाली फिल्ममा ‘फाइट किंग’ मानिएका राजेन्द्र खड्गी भन्छन्, ‘यसमा समय र सन्तुलनको तालमेल मिल्नु अत्याबश्यक हुन्छ ।

नेपालमा सबै भन्दा धेरै चलचित्रमा द्धन्द्ध निर्देशन गर्ने ब्यक्तिका रुपमा चिनिन्छन्, राजेन्द्र खड्की । दर्जनौ चलचित्रमा अभिनय समेत गरेका खड्की गायक पनि हुन् । उनले ३५ वर्ष अगाडि गाएको आफ्नै गीतको भर्खरै म्युजिक भिडियो बनाए ।

फिल्ममा फाइट हान्न, खेल्नका लागि हिरो, भिलेन, फाइटरहरु फिल्मी फाइटप्रति परिचीत मात्र होइन अभ्यस्त पनि हुनुपर्छ । नत्र भने दुर्घटना हुन सक्छ ।’ ढाड र पेटमा मुक्का कसरी हानिन्छन त ? उनी भन्छन्, ‘खासमा ढाड, पेटमा मुक्का, लात्ति हान्दा हल्का छुने गरि नै हानीन्छ ।

तर, टाउको, अनुहारलगायतका सम्बेदनशील अंगमा हान्दा भने नछोइने गरी हानिन्छ । क्यामेराको एंगल मिलाएर खिचीने, मेकअप र पछि म्युजीकले सिंगारिने भएकाले पर्दामा हेर्दा साच्चै दुख्ने गरि हानेझै लाग्छ । हानेपछि भुईमा लडेको दृश्य साच्चै हो । एक हान्दा आकाशमा उडेको, फननन घुमेको, रुखमा ठोक्किएको भने स्प्रिङ बोर्ड, केवुल तथा डोरीको प्रयोगले मात्र सम्भव हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *