यी हुन् ग्यास्ट्रिकबाट बच्ने घरेलु उपायहरु,जानी राखौ

    डाक्टरहरूका अनुसार ग्यास्ट्रिक हुँदा पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । त्यस्तै ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, बान्ता हुने, ढ्याउ आउने, बान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने, छाती र पेटको बीचको खाल्टो वरिपरी दुख्ने समस्याले सताउँछ ।

    यसैगरी ग्यास्ट्रिकका लक्षण्हरूमा पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, वायु बढ्ने आदि हुन् ।ग्यास्ट्रिक लाग्न नदिन विशेष खानपानमा ध्यान दिनुपर्ने विशेषज्ञहरूको भनाइ छ ।

    उनीहरूका अनुसार ग्यास बनाउने खाद्यपदार्थ नखानु (जस्तै; केक, कार्बोनेटयुक्त सामग्री, अमिलो फल, काउली, बन्दा, सुपारी आदि), समयमा खाना खानु, कम मसालेदार खाना खानु, मद्यपान नगर्नु, एक पटकमा थोरै खानु तर नियमित खानु नै ग्यास्ट्रिक लाग्न नदिने उत्तम उपाय हो ।

    ग्यास्ट्रिकबाट बच्ने घरेलु उपाय :

    ग्यास्ट्रिकको उत्तम औषधी तपाईँकै घर आँगनमा रहेका छन् । तर तिनीहरूको सही प्रयोग नहुनाले औषधी किन्दा मेहेनतको कमाइ खेर गइरहेको विशेषज्ञहरू बताउँछन् । के हुन् त ग्यास्ट्रिकबाट बच्ने घरेलु औषधी ? आउनुहोस्, जानिराखौँ ।

    बेसारको पात ः बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाएर दिनहुँ पिउन सकिन्छ । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

    अम्बाको पात ः एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमालेर दिनहुँ पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

    आलुको जुस ः आलुलाई सफा गरेर बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस् ।

    अदुवा ः ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे घरेलु औषधी हो अदुवा । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नाले ग्यास्ट्रिक निको हुन्छ ।

    बेकिङ सोडा ः बेकिङ सोडाले ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्छ । यसमा एन्टाएसिड बढी मात्रामा हुने भएकाले एक ग्लासमा आधा चम्चा बेकिङ सोडा मिसाई दिनहुँ यसको प्रयोग गर्ने गर्नाले पनि ग्यास्ट्रिक कम हुँदै जान्छ ।

    दालचिनी ः तातेको दूधमा आधा चम्चा दालचिनीको धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु राम्रो हुन्छ । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मद्धत गर्छ ।

    हिंग ः हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या हट्दै जान्छ ।

    जिरा बीउ ः एक ग्लास तातो पानीमा एक चम्चा जिरा बीउ राखेर उमाल्ने र केही समयसम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस् ।

    लसुन ः २/३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिस्ने, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमालेर नियमित सेवन गर्ने ।

    पुदिना ः एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई वा तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ । (एजेन्सीको सहयोगमा)

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *