भोलि सोमबार यसरी गर्नुहोस् भगवान शिवको पूजा–आराधना मनले सोचेको पुरा हुनेछ !

    सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ । यद्यपि, शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ । पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग प्रसन्न हुन्छन् ।सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ । यसको आफ्नो धार्मिक महत्व हुन्छ ।

    यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ। जहां एक तर्फ भगवान शिवलाइ भोले नाथ भनिन्छ र संसारको रक्षक भनिन्छ । त्यही उनलाई संहारको देवता पनि मानिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुबैका लागि विख्यात छन् । अन्य देवहरु भन्दा शिवलाइ भिन्न मानिएको छ ।

    सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिव नै हुन् । त्रिदेवमा भगवान शिव संहारको देवता मानिएको छ । शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन् ।उनको काल र महाकाल स्‍वरूप नै ज्योतिषशास्त्रको आधार हो । शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ , तर उनले हमेशा लय एवं प्रलय दुइटै लाइ आफ्नो अधीनमा राखेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *